default_image

3 years ago

January 11, 2021

पिएसजीलाई मेस्सी अनुबन्ध गर्न कठिन

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी पुनः लयमा फर्केको संकेत गरेका छन् । उनले पछिल्ला दुई खेलमा ४ गोल गरिसकेका छन् । तर, पनि उनले अर्को सिजन क्लब छाड्ने चर्चा भने चलिरहेको छ । मुख्यतः उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने प्रसंग बारम्बार उठ्ने गरेको छ । अर्जेन्टिनी कप्तानको बार्सिलोनासँगको सम्झौता अब ५ […]

64 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सी पुनः लयमा फर्केको संकेत गरेका छन् । उनले पछिल्ला दुई खेलमा ४ गोल गरिसकेका छन् । तर, पनि उनले अर्को सिजन क्लब छाड्ने चर्चा भने चलिरहेको छ । मुख्यतः उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने प्रसंग बारम्बार उठ्ने गरेको छ ।

अर्जेन्टिनी कप्तानको बार्सिलोनासँगको सम्झौता अब ५ महिना बाँकी छ । अहिले उनी सरुवाका लागि अन्य क्लबसँग कुराकानी गर्नका लागि खुला छन् । तर, उनको चर्को पारिश्रमिक तिर्न क्लब तयार हुन्छन् त? यो प्रश्न पनि सँगै जोडिएको छ ।

पिएसजी मेस्सीका पूर्व सहकर्मी नेयमारसँग पून उनको सहकार्य गराउने प्रयासमा रहेको अनुमान गरिएको छ । यदि त्यस्तो भएको खण्डमा पिएसजीको आक्रमणमा केलियन एमबाप्पलेसहित ३ जना सुपर स्टार रहनेछन् । तर, फ्रान्सेली पत्रकार जुलियन लाउसेन्स लिग वन च्याम्पियनका लागि आर्थिक विषय नै मेस्सीलाई लिन ठूलो बाधक हुने बताउँछन् ।

‘कोभिड १९ का कारण फाइनान्सियल फेयर प्लेको नजरमा पिएसजी र त्यस्ता अन्य ठूला क्लबलाई अहिलेको समय कठीन छ । मलाई उनीहरुको आर्थिक अवस्था थाहा छैन, ‘उनले भनेका छन्, ‘नेयमारलाई बार्षिक ३० मिलियन युरो, मेस्सीका लागि ६० मिलियन र एमबाप्पेलाई पनि सम्झौता नविकरण गर्दा नेयमारकै हाराहारीमा दिनुपर्ने हुनसक्छ ।’

पिएसजीले मेस्सीलाई लिएको खण्डमा झन्डै १ सय ५० मिलियन युरो तीन खेलाडीका लागि खर्च गर्नुपर्ने हुन्छ । उनले थपे, ‘हरेक वर्ष पारिश्रमिकमा त्यति ठूलो रकम । आर्थिक हिसाबले त्यो असम्भव जस्तै देखिन्छ । तर पनि उनीहरु प्रयास गर्ने पक्षमा देखिन्छन् । तर मलाई लाग्छ त्यो वास्तविकता लाग्दैन ।’

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.