default_image

3 years ago

January 11, 2021

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले लगातार तेस्रो जित निकाल्ने क्रममा सस्सुलोलाई पराजित गरेको छ । घरेलु मैदानमा युभेन्टसले १० खेलाडीमा समेटिएको सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको हो । आइतबार राति एलिएन्ज एरिना टोरिनोमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल […]

32 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले लगातार तेस्रो जित निकाल्ने क्रममा सस्सुलोलाई पराजित गरेको छ । घरेलु मैदानमा युभेन्टसले १० खेलाडीमा समेटिएको सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको हो ।

आइतबार राति एलिएन्ज एरिना टोरिनोमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो । फेडरिको चिइसामाथि खराव ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेड्रो ओवियाङलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो ।

५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । उनले जियानलुका फ्राबोट्टाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोनाल्डोले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए । यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

पराजित सस्सुलो २९ अंकसहित सातौ स्थानमा छ । युभेन्टस एक खेल बढी खेलेको शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि छ । दोस्रो स्थानको इन्टर मिलानसँग ४ अंकले तथा तेस्रो स्थानको रोमासँग १ अंकले पछि छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.