default_image

3 years ago

January 11, 2021

१२ खेलपछि चेल्सीका लागि वेर्नरको गोल

एजेन्सी – पछिल्लो १२ खेलमा गोलविहिन रहेका जर्मन फरवार्ड टिमो वेर्नर अन्तत: चेल्सीका लागि गोल गर्न सफल भएका छन् । एफए कप अन्तर्गत मोरक्याम्बविरुद्ध चेल्सी ४–० ले विजयी हुँदै एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भयो। पछिल्लो १२ खेलसम्म गोलविहीन बनेका वेर्नरले एफए कपको तेस्रो राउन्डको खेलमा दोस्रो श्रेणीको मोरक्याम्बविरुद्ध गोल गर्न सफल भएका हुन् […]

23 views

0 Bookmark

एजेन्सी – पछिल्लो १२ खेलमा गोलविहिन रहेका जर्मन फरवार्ड टिमो वेर्नर अन्तत: चेल्सीका लागि गोल गर्न सफल भएका छन् । एफए कप अन्तर्गत मोरक्याम्बविरुद्ध चेल्सी ४–० ले विजयी हुँदै एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भयो।

पछिल्लो १२ खेलसम्म गोलविहीन बनेका वेर्नरले एफए कपको तेस्रो राउन्डको खेलमा दोस्रो श्रेणीको मोरक्याम्बविरुद्ध गोल गर्न सफल भएका हुन् ।

नोभेम्वर ८ मा सेफिल्ड युनाइटेडविरुद्ध गोल गरेपछि वेर्नरले चेल्सीका लागि १२ खेलमा तीन असिस्ट दिदा गोल गर्न सकेका थिएनन् । चेल्सीको जितमा वेर्नरसँगै मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सीले खेलको १८औं मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो । उनले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा हाभर्टजको पासमा वेर्नरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

४९औं मिनेटमा हाकिमी जियाचको पासमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई फराकिलो जिततर्फ अग्रसर गराए । खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा हाभर्टजले गोल गर्दै चेल्सीलाई ४–० को फराकिलो जित दिलाए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.