default_image

3 years ago

January 11, 2021

नेयमार र एमबाप्पे लिगको उत्कृष्ट ११ मा परेनन्

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टारद्वय नेयमार र किलियन एमबाप्पे फ्रान्सेली लिगको मध्य सिजनको उत्कृष्ट टोलीमा पर्न सकेनन् । फ्रान्स फुटबलले fसार्वजनिक गरेको टोलीमा लियोनका स्टार फरवार्ड मेम्फिस डिपाए पनि अटाएका छैनन् । यद्यपि पिएसजीका ४ खेलाडी भने टोलीमा समेटिएका छन् । गोलरक्षक कलर नाभास र डिफेन्डर मार्किन्हससँगै मिडफिल्डरद्वय राफिन्हा र […]

36 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टारद्वय नेयमार र किलियन एमबाप्पे फ्रान्सेली लिगको मध्य सिजनको उत्कृष्ट टोलीमा पर्न सकेनन् ।

फ्रान्स फुटबलले fसार्वजनिक गरेको टोलीमा लियोनका स्टार फरवार्ड मेम्फिस डिपाए पनि अटाएका छैनन् । यद्यपि पिएसजीका ४ खेलाडी भने टोलीमा समेटिएका छन् । गोलरक्षक कलर नाभास र डिफेन्डर मार्किन्हससँगै मिडफिल्डरद्वय राफिन्हा र एन्जल डी मारिया भने टोलीमा अटाएका छन् ।

प्रिमियर लिगमा न्युकासल युनाइटेडबाट खेलेका मिडफिल्डर हाटेम बेन अर्फा पनि टोलीमा समावेश छन् । बोर्डोबाट खेल्दै आएका अर्फाले यस सिजन निकै प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनी यसै सिजन रियल भालाडोलिड छाडेर फ्रान्सेली लिग आएका थिए । त्यसअघि उनले निसबाट पनि एक सिजन खेलेका थिए ।

लिगको उत्कृष्ट ११ मा सेन्ट एटिएनका म्याथु डेबुसी, रेनेसका नाएफ अगुएर्ड, ब्रेस्टका रोमन पेरूद, लियोनका लुकास पाकेटा र टिनो काडेवेरे तथा लिलका बुराक इल्माज रहेका छन् । नेयमार पछिल्लो समय चोटका कारण टोलीमा छैनन् भने एम्बापपे पनि चोटका कारण सिजनको सुरुवातदेखि नियमित रहेका छैनन् ।

फ्रान्सेली लिगको अंक तालिकामा लियोन १९ खेलमा ४० अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको पिएसजी र तेस्रो स्थानको लिलको समान ३९ अंक रहेको छ । पिएसजीले गत साता मात्र प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गर्दै माउरिसियो पोचेटिनोलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.