default_image

3 years ago

January 11, 2021

विराटनगर माघे संक्रान्ती फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर फुटबल क्लब नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफ सुनसरीलाई सोमबार सडन डेथमा हराउँदै विराटनगर अन्तिम चारमा पुगेको हो । निर्धारित समय २–२ को बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा खेलको निर्णय भएको थियो । टाइब्रेकरमा विराटनगरमा अनिल धामी, […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर फुटबल क्लब नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

एपिएफ सुनसरीलाई सोमबार सडन डेथमा हराउँदै विराटनगर अन्तिम चारमा पुगेको हो । निर्धारित समय २–२ को बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा खेलको निर्णय भएको थियो ।

टाइब्रेकरमा विराटनगरमा अनिल धामी, साइमन्ड लिम्बु, पदम भट्टराई, मनोज राई, अशोक खवास, शिशिर लेखी र वीरेन्द्र लिम्बुले गोल गरे । मिलन राईले भने पेनाल्टीमा गोल गर्न सकेनन् । एपिएफ सुनसरीका बुद्धिमान राई, उज्जवल चाम्लिड्ग, सविन थापा, नवीन चौधरी, रञ्जन मगर र बलराम निरौलाले गोल गरे । हरि कार्की , फुसन मुरमुरले भने पेनाल्टी गोल गर्नबाट चुके ।

त्यसअघि मिलन राईले विराटनगरका लागि २ गोल गरे । एपिएफका लागि वीरेन्द्र लिम्बु र रञ्जन मगरले गोल गरे । मिलनले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै विराटनगरलाई अघि बढाए । वीरेन्द्रले ४१ औं मिनेटमा बराबरी गोल फर्काए ।

६५ औं मिनेटमा मिलनको गोलबाट विराटनगरले पुनः अग्रता लिएको थियो । एपिएफका रञ्जनले ७१ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । म्यान अफ दि म्याच घोषित विराटनगरका अशोक खवासले मेडलसहित २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा मंगलबार लेटाङ फुटबल क्लब र शतिसाले युनियन केराबारीबीच पहिलो सेमिफाइनल हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.