default_image

3 years ago

January 11, 2021

सहारा एकेडेमीका बालकहरुलाई जर्सी हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – जापानको समाजिक संस्था एनपिओ गोजो हिरोकी इकेदा ग्रुपले पोखराको सहारा एकेडेमीका बालकहरुलाई जर्सी र टिसर्ट प्रदान गरेको छ । संस्थाले ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोग सोमबार हस्तान्तरण गरेको हो । ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक […]

38 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – जापानको समाजिक संस्था एनपिओ गोजो हिरोकी इकेदा ग्रुपले पोखराको सहारा एकेडेमीका बालकहरुलाई जर्सी र टिसर्ट प्रदान गरेको छ । संस्थाले ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोग सोमबार हस्तान्तरण गरेको हो ।

ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई एकेडेमीमै पुगेर सोमबार हस्तान्तरण गरेका हुन् ।

होकुतो कम्पनी लिमिटेड, इगुसी कम्पनी लिमिटेड र पेइवा कम्पनी लिमिटेडको प्रायोजनमा उक्त सहयोग प्राप्त भएको ग्रुपका नेपाल संयोजक तुलाधरले बताए । सहारा एकेडेमी नेपालकै नमुना क्लवको रुपमा रहेकोले आफुहरुले सानो सहयोग गरेको उनले जनाए ।

क्लबका अध्यक्ष थापाले जापानबाट कलवलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिदै विभिन्न सहयोगी दाताको कारण एकेडेमी निरन्तर संचालन हुदै आएको बताए । सहारा एकेडेमीमा हाल करिब १३ जिल्लाका २३ जना बालकहरु रहेको क्लवले जनाएको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.