default_image

3 years ago

January 12, 2021

नेयमार प्रशिक्षणमा फर्किए

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् । एंकल इन्ज्युरीका कारण झन्डै एक महिना मैदान बाहिर रहेका नेयमार सोमबार टोलीको प्रशिक्षणमा सामेल भएका हुन् । १३ डिसेम्वरमा घरेलु मैदानमा लियोनसँग १–० ले पराजित भएको खेलको इन्ज्युरी समयमा चोट बोक्दा उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो […]

39 views

0 Bookmark

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

एंकल इन्ज्युरीका कारण झन्डै एक महिना मैदान बाहिर रहेका नेयमार सोमबार टोलीको प्रशिक्षणमा सामेल भएका हुन् । १३ डिसेम्वरमा घरेलु मैदानमा लियोनसँग १–० ले पराजित भएको खेलको इन्ज्युरी समयमा चोट बोक्दा उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो ।

पीएसजीले नेयमार प्रशिक्षणमा सामेल भएको तस्वीर सामाजिक सन्जाल ट्वीटरमा पोस्ट गर्दै ‘लुक लाइक हु इज ब्याक’ भनेर क्याप्सन लेखेका छन् । र ब्राजिलियन नेयमारले नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको प्रशिक्षण गरेका छन् । पोचेटिनोले पीएसजीसँग १८ महिनाको सम्झौता गरेका छन् ।

स्टार्सवर्गमाथि ४–० जित निकालेको खेलपछि २४ घन्टा नबित्दै प्रशिक्षक थोमस टुचेललाई बर्खास्ती गरेको थियो । त्यसको एक सातापछि पीएसजीले पोचेटिनोलाई नयाँ प्रशिक्षक बनाएको थियो ।
नेयमार प्रशिक्षणमा जोडिनुले पीएसजीलाई सुखद सन्देश मिलेको छ । लिग वानको १९ ेल सकिदा पीएसजी शीर्षस्थानको लियोनसँग १ अंकले पछि छ ।

प्रशिक्षणमा जोडिएपनि नेयमारले पोचेटिनोको प्रशिक्षणमा मार्सेविरुद्ध बुधबार राति हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना न्युन छ । यसको अर्थ २८ वर्षीय नेयमारले शनिबार एन्जर्सको भ्रमणमा निस्कने पक्का छ ।

पोचेटिनोको प्रशिक्षणमा पीएसजीले पहिलो खेला सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा ब्रेस्टमाथि ३–० को सहज जित निकालेको थियो ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.