default_image

3 years ago

January 12, 2021

सतिसाले युनियन माघे संक्रान्ती फुटबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– मोरङ केराबारीको सतिसाले युनियन माघे संक्रान्ती खुला नकआउट फुटबलको फाइनलमा प्रवेश गरेको छ । लेटाङ फुटबल क्लब मोरङलाई १–० ले हराउँदै सतिसाले उपाधि नजिक पुगेको हो । सलमान लिम्बुले गरेको गोल नै खेलको निर्णायक बनेपछि सतिसाले अन्तिम २ मा पुगेको हो । सलमानले ४० औं मिनेटमा गोल गरेका थिए । विजयी टोलीका […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मोरङ केराबारीको सतिसाले युनियन माघे संक्रान्ती खुला नकआउट फुटबलको फाइनलमा प्रवेश गरेको छ । लेटाङ फुटबल क्लब मोरङलाई १–० ले हराउँदै सतिसाले उपाधि नजिक पुगेको हो ।

सलमान लिम्बुले गरेको गोल नै खेलको निर्णायक बनेपछि सतिसाले अन्तिम २ मा पुगेको हो । सलमानले ४० औं मिनेटमा गोल गरेका थिए ।

विजयी टोलीका तीर्थ बस्नेत म्यान अफ दी म्याच घोषित भएका थिए । बेलबारी नगरपालिकाको प्रवक्ता समेत रहेका वडा नं ३ का अध्यक्ष योगेन्द्र सुवेदीले तीर्थलाई मेडलसहित २ हजार रुपैयाँ हस्तान्तरण गरे ।

प्रतियोगितामा बुधबार डागीहाट फुटबल क्लब मोरङ र विराटनगर फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेले हुनेछ ।

नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजना तथा जन ज्योति क्लब र नक्सलबारी एफसीले संयोजन गर्ने प्रतियोगितालाई गोदावरी विद्या मन्दिर स्कुलले प्रायोजन गरेको प्रतियोगितामा उज्यालो प्रदेश डट कम मिडिया पार्टर रहेको छ ।

त्यस्तै चिसाङ क्रसर उद्योग, उत्तरी मोरङ क्रसर उद्योग र मोरङ कन्स्ट्रसन सह प्रायोजक रहेको प्रतियोगिताको सहयोगीका रुपमा बेलबारी नगरपालिका र नक्सल सामुदायिक बन बेलबारी १ रहेका छन् । 

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.