default_image

3 years ago

January 13, 2021

रियल म्याड्रिडविरुद्ध एट्लेटिकोको ४ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई खेल कम खेलेको एट्लेटिकोले सहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको हो । एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हारको नतिजा […]

51 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले ४ अंकको अग्रता कायम गरेको छ । मंगलबार राति भएको खेलमा सेभियामाथि २–० को जित निकाल्दै दुई खेल कम खेलेको एट्लेटिकोले सहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको हो ।

एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हारको नतिजा छ । १८ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ३७ अंक छ । पराजित भएको सेभियाले चौथो स्थानमा उक्लने अवसर गुमाउदा छैटौ स्थानमा खुम्चिएको छ । सेभियाको १७ खेलबाट ३० अंक छ ।

घरेलु मैदान वान्डो मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा एन्जल कोरेय र साउल निग्वेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । खेलको १७औं मिनेटमा नै एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा सउल निग्वेजले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए । घरेलु टोलीविरुद्ध सेभियाले केही सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.