default_image

3 years ago

January 13, 2021

बार्सिलोना र रियल सोसिडाड फाइनल पुग्न भिड्दै

एजेन्सी – स्पेनिस सुपरकपको पहिलो सेमिफाइनलमा आज राति क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडको सामनाा गर्दैछ । खेल कोर्डाेभा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना फाइनल पुग्ने दाउमा हुनेछ । टोलीसँग कप्तान लियोनले मेस्सी, एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट, जोर्डी […]

53 views

0 Bookmark

एजेन्सी – स्पेनिस सुपरकपको पहिलो सेमिफाइनलमा आज राति क्याटलान क्लब बार्सिलोनाले रियल सोसिडाडको सामनाा गर्दैछ । खेल कोर्डाेभा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना फाइनल पुग्ने दाउमा हुनेछ । टोलीसँग कप्तान लियोनले मेस्सी, एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट, जोर्डी अल्वा, क्लेमेन्ट लेङलेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ ।

चोटका कारण अन्सु फाती, जेरार्ड पिके, सजी रोबर्टाे, र फिलिपे कौंटिन्हो टोलीबाहिर रहँदा मिरालेम प्यानिच, मार्टिन ब्रथेवेट, रिकी पुच, ट्रिन्काओले वैकल्पिक खेलाडीको रुपमा खेल आफ्नो पक्षमा पार्न सक्नेछ ।

यता, सोसिडाड पनि बार्सिलोनालाई स्तब्ध पार्दै फाइनल पुग्ने दाउमा हुनेछ । विलियन जोश, क्रिस्टियन पोर्टु, मिकेल ओयरजवाल, मिकेल मेरिनो, नाचो मोनरियल, रोविन ले नोरमन्ड र गोलरक्षक एलेक्स रेमिरोको साथ रहेको छ । चोटका कारण डेभिड सिल्भा टोलीबाहिर रहनेछन् ।

यि दुई टोलीको पछिल्लो २५ खेलको नतिजामा बार्सिलोनाको दवदवा छ । बार्सिलोनाले १६ खेल आफ्नो पक्षमा पार्दा ५ खेल सोसिडाडको नाममा रहेको छ । ४ खेल बराबरीमा सकिएको छ ।

१० अप्रिल २०१६ मा सोसिडाडसँग १–० ले पराजित भएयता बार्सिलोनाले सोसिडाडसँग पछिल्लो ११ खेलमा हार खाएको छैन । बार्सिलोना सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा सोसिडाड बार्सिलोनासँगको जितविही यात्रा टुंग्याउने दाउमा हुनेछ ।

अर्काे सेमिफाइनलमा बिहीबार राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । फाइनल सोमबार राति हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.