default_image

3 years ago

January 13, 2021

विराटनगर माघे संक्रान्ती फुटबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– मोरङको विराटनगर फुटबल क्लब नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आफ्नै जिल्लाको डागीहाट फुटबल क्लबलाई २–१ ले हराउँदै विराटनगर उपाधि नजिक पुगेको हो ।विराटनगरले बिहीबार हुने फाइनलमा मोरङ सतिसाले युनियन केराबारीको सामना गर्नेछ । सतिसाले मंगलबार लेटाङ फुटबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । विराटनगरलाई जित […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मोरङको विराटनगर फुटबल क्लब नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आफ्नै जिल्लाको डागीहाट फुटबल क्लबलाई २–१ ले हराउँदै विराटनगर उपाधि नजिक पुगेको हो ।
विराटनगरले बिहीबार हुने फाइनलमा मोरङ सतिसाले युनियन केराबारीको सामना गर्नेछ । सतिसाले मंगलबार लेटाङ फुटबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।

विराटनगरलाई जित दिलाउन शिशिर लेखी र साइमण्ड लिम्बुले गोल गरेका थिए । डागीहाटका विक्रम धिमालले एक गोल फर्काएका थिए । १३ औं मिनेटमा शिशिरको गोलबाट विराटनगरले अग्रता लिएको थियो । साइमन्डले १७ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारे । विक्रमले ६९ औं मिनेटमा गोल फर्काएका थिए ।

विराटनगरका गोलकिपर पूर्ण चेम्जोङ म्यान अफ दी म्याच घोषित भए । बेलबारी नगरपालिका वडा नंम्बर १ का अध्यक्ष चक्र खुलाले पूर्णलाई मेडलसहित २ हजार रुपैयाँ हस्तान्तरण गरे ।

नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजना तथा जन ज्योति क्लब र नक्सलबारी एफसीले संयोजन गर्ने प्रतियोगितालाई गोदावरी विद्या मन्दिर स्कुलले प्रायोजन गरेको प्रतियोगितामा उज्यालो प्रदेश डट कम मिडिया पार्टर रहेको छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.