default_image

3 years ago

January 13, 2021

बागमति प्रदेश फुटबल संघ तदर्थ समिति गठन हुन सकेन

हेटौडा (हाम्रो खेलकुद)– अध्यक्षका आकांक्षी धेरै भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमति प्रदेशको फुटबल संघको तदर्थ समिति गठन हुन सकेन । बागमतिको सदमुकाम हेटौडामा बुधबार भएको ११ जिल्ला संघका प्रतिनिधिको भेलामा १३ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मती हुन सकेन प्रदेश संघ गठन भएन । प्रदेश अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका […]

32 views

0 Bookmark

हेटौडा (हाम्रो खेलकुद)– अध्यक्षका आकांक्षी धेरै भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमति प्रदेशको फुटबल संघको तदर्थ समिति गठन हुन सकेन । बागमतिको सदमुकाम हेटौडामा बुधबार भएको ११ जिल्ला संघका प्रतिनिधिको भेलामा १३ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मती हुन सकेन प्रदेश संघ गठन भएन ।

प्रदेश अध्यक्ष पदका लागि काठमाडौंका विराटजंग शाही, नुवाकोटका दीपक चित्रकार, दोलखाका गोविन्द श्रेष्ठ, कौरव पाण्डे, मकवानपुरका राजेन्द्र श्रेष्ठ, टीका लामा, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिशिरविक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
छलफलका क्रममा काठमाडौंका शाही र मकवानपुरका श्रेष्ठवीच सहमति जुट्न नसकेपछि १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पछि भेलाका ८ जिल्लाका प्रतिनिधिको समर्थक आफूलाई रहेको भन्दै काठमाडौंका अध्यक्ष समेत रहेका शाहीले केन्द्रिय प्रतिनिधि पूर्णमान चित्रकारलाई बुझाएको थियो । प्रतिनिधिहरुमध्ये केहिले मदतान प्रक्रिया भएपनि तदर्थ समितिको टुंगो लगाउन माग गरेका थिए ।

केन्द्रले नै तदर्थ समिति गठन गर्ने अधिकार भएपनि भेला मार्फत गठनको प्रयास गरिएको तर सर्वसम्मत नभएपछि समिति गठन हुन नसकेको केन्द्रिय प्रनिनिधि चित्रकारले बताए । अन्य प्रदेशमा सर्वसम्मतिबाटै प्रदेश संघ गठन भएकोले त्यस्तै प्रयास गरिएको उनको भनाई थियो ।

शाहीका अनुसार उनलाई काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, चितवन र दोलखाको समर्थन छ । चित्रकारले शाहीको दाबीले आफूले प्रतिवदेनमा समेटेको जानकारी दिए । सर्वसम्मत नभएपछि शाहीले ८ जिल्लाको समर्थन रहेको पत्र बुझाउनु भएको थियो, एन्फा केन्द्रिय सदस्य समेत रहेका चित्रकारले भने, मैले प्रतिनिधिहरुको राय लिइन । तर त्यसलाई प्रतिवदेनमा बुझाउनेछु ।

भेलाले १५ सदस्यीय तदर्थ समिति गठन गर्ने भनिएपनि अध्यक्षमा सहमति नजुटेपछि अन्य पदका लागि प्रक्रिया नै अघि बढेन । प्रमुख निर्वाचन आयुक्त समेत रहेका चित्रकारले भने ‘मुख्य पदमै सहमति नजुटेपछि पूर्ण कार्यसमिति चयन नगरिएको हो । नेतृत्वको टुंगो लागेपछि अन्य पद टुंग्याउँदा राम्रो हुने सल्लाह सहभागी प्रतिनिधिहरुबाट आएपछि अन्य पदमा पनि प्रयास गरिएन ।’

भेलामा प्रदेशका ११ जिल्लाबाट ३३ प्रनिनिधिको सहभागिता थियो । जसमध्ये हरेक जिल्लाका १ जनामा मताधिकार रहेको थियो । बागमति प्रदेशमा रसुवा र रामेछाप जिल्लामा फुटबल संघ छैन । मकवानपुर जिल्ला फुटबल संघको आतिथ्यतामा भएको भेलाको उद्घाटन बागमती प्रदेश खेलकुद परिषद्का अध्यक्ष सूर्यलाल भण्डारीले उद्घाटन गरेका थिए । एन्फाको केन्द्रिय साधारण सभा भने माघ ६ गते हुने एन्फाले जनाएको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.