default_image

3 years ago

January 14, 2021

बार्सिलोना स्पेनिस सुपर कप फाइनलमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । टाइब्रेकरमा रियल सोसीडाडमाथि ३-२ को जित दर्ता गर्दै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो । सोसीडाडले आफ्नो सुरुवाती तीन प्रहार चुकाएपनि खेलको निर्णय […]

72 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । टाइब्रेकरमा रियल सोसीडाडमाथि ३-२ को जित दर्ता गर्दै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो । सोसीडाडले आफ्नो सुरुवाती तीन प्रहार चुकाएपनि खेलको निर्णय भने अन्तिम प्रहारबाट नै भएको थियो । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई प्रहार बचाएका थिए ।

खेलको ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलमा अग्रता लिएको थियो । एन्टोइन ग्रिजमनको क्रसमा डे जोङले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले पहिलो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन ।

दोस्रो हाफको सुरुवातमै सोसीडाडले खेल बराबरीमा ल्यायो । डे जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलियो ।

अतिरिक्त समयमा दुवै टोलीले खेल जित्ने अवसर पाएपनि त्यसको फाइदा उठाउन सकेनन् । ओस्मान डेम्बेलेले ग्रिजमनको पासमा गरेको प्रहार गोलरक्षक एलेक्स रेमिरोले बचाए । त्यस्तै अन्त्यतिर अदनान जानुजाजको पासमा ओयाराज्बालको प्रहार बाहिरिंदा खेल टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा सोसीडाडको लागि जोन बाउटिस्टाले गरेको पहिलो प्रहार नै गोलरक्षक टेर स्टेगनले विफल पारे । तर बार्सिलोनाका लागि पहिलो प्रहार पनि गोल हुन सकेन । डे जोङको प्रहार पोस्टमा लागेर फर्किएको थियो । सोसीडाडको दोस्रो नम्बरमा आएका ओयाराज्बालको प्रहार पनि टेर स्टेगनले उत्कृष्ट डाइभ दिँदै गोल हुन दिएनन् ।

बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले दोस्रो प्रहारमा गोल गर्दै अग्रता दिलाए । तर विलियन जोसेले पोस्टमा प्रहार गरेपछि सोसीडाडको लगातार तेस्रो प्रहार गोल हुन सकेन । मिरालेम प्यानिचले तेस्रो नम्बरमा गोल गर्दै बार्सिलोनालाई २-० ले अघि राखे । मिकेल मेरिनोले चौथो प्रहारमा भने गोल गर्दै सम्भावना जीवित राखे ।

लगत्तै एन्टोइन ग्रिजमनको प्रहार आकासिंदा सोसीडाडले खेलमा फर्कने अवसर पाएको थियो । सोसीडाडका लागि अदनान जानुजाजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । टाइब्रेकरको अन्तिम प्रहारमा बार्सिलोनाका रिकी पुजले गोल गर्दै टाइब्रेकरमा ३-२ को जित पक्का गरे ।

बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ । बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने सुरमा हुनेछ । प्रतियोगिता इतिहासमा बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ । गत सिजनको विजेता रियल म्याड्रिड ११ पटक जित हासिल गरेको छ ।

टाइब्रेकरको भिडियो हेर्नुहोस :

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.