एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख दोस्रो श्रेणीको होल्सटिन किइलसँग सडनडेथमा पराजित हुदै डिएफबी पोकलको दोस्रो चरणबाट बाहिरिएको छ ।

बायर्न सडनडेथमा होल्सटिनसँग ६–५ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारित समय र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा होल्सटिनले बाजी मारेको हो ।
पेनाल्टी सुटआउटमा होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्की, योसुवा किम्मिख, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गर्दा मार्क रोकाले गोल गर्न सकेनन् ।

त्यसअघि होल्सटिनको मैदानमा बुधबार राति भएको खेलमा बायर्नले खेलको १४औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट बायर्नले अग्रता लिएको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा फिन बार्टेल्सले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
४८औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा हउके वालले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए ।
यस्तै डिएफबी पोकलको दोस्रो राउन्डको अर्काे खेलमा १० खेलाडीमा समेटिएको बायर लिभरकुसनले फ्रान्कफुर्टमाथि ४–१ को सानदार जित निकाल्दै तेस्रो चरणमा प्रवेश गरेको छ ।
लिभरकुसनको सानदार जितमा लुकास एरालियोले २ तथा इडमन्ड टपसोभा र मौसा डियावीले समान १ गोल गरे । फ्रान्कफुर्टका एमिन युनेसको गोल सान्त्वना बन्यो । लिभरकुसनका जोनाथन ता ७३औ मिनेटमा सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।