default_image

3 years ago

January 14, 2021

ब्राइटनलाई हराउदै सिटी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साँघुरो जित निकाल्दा टोटेनहम हस्टपर फुलहमसँग बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनमाथि १–० को साँघुरो जित निकालेको हो । सिटीको जितमा फिल फोडेनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै सिटी […]

19 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साँघुरो जित निकाल्दा टोटेनहम हस्टपर फुलहमसँग बराबरीमा रोकिएको छ ।

सिटीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनमाथि १–० को साँघुरो जित निकालेको हो । सिटीको जितमा फिल फोडेनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सिटी १६ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको एक खेल बढी खेलेका म्यानचेस्टर युनाइटेडको ३६ तथा लिभरपुलको ३३ अंक छ । पराजित ब्राइटन १४ अंक जोडेर १७औं स्थानमा यथावत छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहमले अग्रता जोगाउन नसक्दा फुलहमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । ह्यारी केनले २५औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएपनि ७४औं मिनेटमा फुलहमका इभान काभालेइरोले बराबरी गोल फर्काका थिए ।

यो बराबरीले टोटेनहमले तेस्रो स्थानमा उक्लने अवसर गुमाउदा छैटौं स्थानमा झरेको छ । टोटेनहमको ३० अंक छ । फुलहम १२ अंक जोडेर १८औं स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.