default_image

3 years ago

January 14, 2021

मेस्सीले फाइनल गुमाउने सम्भावना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राती स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल सोसीडाडमाथि टाइब्रेकरमा जित हासिल गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो । कप्तान लिओनेल मेस्सी खेलमा अनुपस्थित रहँदा बार्सिलोनाको आक्रमण केहि फितलो देखियो । एन्टोइन ग्रिजमनले मुख्य फरवार्डको जिम्मेवारी पाएपनि त्यसमा न्याय गर्न सकेनन् । ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटको प्रदर्श औसत मात्र रहयो […]

41 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राती स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल सोसीडाडमाथि टाइब्रेकरमा जित हासिल गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।

कप्तान लिओनेल मेस्सी खेलमा अनुपस्थित रहँदा बार्सिलोनाको आक्रमण केहि फितलो देखियो । एन्टोइन ग्रिजमनले मुख्य फरवार्डको जिम्मेवारी पाएपनि त्यसमा न्याय गर्न सकेनन् । ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटको प्रदर्श औसत मात्र रहयो । सामान्य चोटका कारण मेस्सीले सेमिफाइनल गुमाएको भएपनि उनले फाइनल समेत नखेल्ने डर बढेको छ ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सीको स्थितिबारे अहिले केहि भन्न नसकिने जानकारी दिए । ‘ सामान्य समस्याले गर्दा मेस्सी उपस्थित रहेनन् । अब फाइनलमा के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने,’ खेलमा दुवै टोलीले समान अवसर पाएको हो । सुरुवातमा हामीलाई केहि कठिनाइ भएपनि पछि आफ्नो लयअनुसार खेल्यौं ।’

कोम्यानले युवा मिडफिल्डर रिकी पुजको समेत प्रशंसा गरे । सिजनको सुरुवातमा कोम्यानको रोजाइमा नरहेपनि पुजले पछिल्लो समय भने पाएको अवसरको भरपुर सदुपयोग गरेका छन् । ‘मसँग टाइब्रेकरका लागि ४ खेलाडी तयार थिए । पाँचौ खेलाडी को बन्छ भन्दा पुज आफैं अघि सरे । उनले राम्रो प्रदर्शन गरे । उनको बहादुरी निर्णय लिए र हामीलाई जित दिलाए,’ कोम्यानले थपे ।

बार्सिलोनाले फाइनलमा रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुँदैछ । प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.