default_image

3 years ago

January 14, 2021

रियल म्याड्रिड र बिल्बाओ फाइनल प्रवेशका लागि खेल्दै

एजेन्सी – स्पेनिस सुपरकपको दोस्रो सेमिफाइनलमा आज राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । स्टेडियो ला रोसालेडा मालगा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यस खेलको विजेताले उपाधिका लागि सोमबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको […]

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस सुपरकपको दोस्रो सेमिफाइनलमा आज राति रियल म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुदैछ । स्टेडियो ला रोसालेडा मालगा स्पेनमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

यस खेलको विजेताले उपाधिका लागि सोमबार राति बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

साविकको विजेता रियल म्याड्रिड बिल्वाओलाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ । टोलीसँग करिम बेन्जेमा, इडेन हाजार्ड, मार्काे एसेन्सियो, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, कप्तान सर्जियो रामोस, राफयल भरान, फर्लान्ड मेन्डी, लुकास भाज्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

फेडे भाल्भेर्डे, इस्को, नाचो फनाएन्डेज, मार्सेलो, मार्टिन ओडगार्ड र भिनिसिस जुनियर पनि टोलीसँग रहेको छ । ड्यानी कार्भाजल र रोड्रिगो गोएस चोटका कारण टोलीमा हुनेछैनन् ।

यता, चारपटक फाइनलमा पुग्न सफल भएको दुई पटकको च्याम्पियन बिल्वाओ पनि रियललाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ । टोलीसँग राउल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, मिकेल भेस्गा, ओस्कार डि मार्काेस, एन्डर कापा, युनाइ नुनेज र गोलरक्षक युनाई सिमोनजस्ता खेलाडी रहेको छ ।

गत डिसेम्वरमा भएको ला लिगामा रियलले बिल्वाओलाई ३–१ ले पराजित गरेको थियो । जसमा रियलका लागि करिम बेन्जेमाले दुई तथा टोनी क्रुसले एक गोल गरेका थिए । बिल्वाओका एन्डर कापाले एक गोल फर्काएका थिए ।

रियल बिल्वाओसँग ७ मार्च २०१५ मा १–० ले पराजित भएयता ११ खेलसम्म अपराजित छ । जसमा ६ जित र ५ बराबरीको नतिजा छ । रियल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा बिल्वाओ रियलविरुद्धको जितविहीन यात्रा टुंग्याउने दाउमा हुनेछ ।

रोयल स्पेनिस फुटबल फेडेरेसनले गत वर्षदेखि चार टोलीको अवधारणा ल्याएको थियो । जसमा गतवर्ष साउदी अरेबियामा भएको प्रतिस्पर्धामा बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र भ्यालेन्सियाले प्रतिस्पर्धा गर्दा रियल म्याड्रिड च्याम्पियन बनेको थियो ।

यसवर्ष ला लिगाका विजेता रियल म्याड्रिड र उपविजेता बार्सिलोना तथा कोपा डेल रेको विजेता एथलेटिको बिल्वाओ र रियल सोसिडाडले प्रतिस्पर्धा गरेका छन् । स्पेनिस सुपर कपमा बार्सिलोनाले सर्वाधिक १३ पटक तथा रियलले ११ पटक उपाधि हात पारेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.