default_image

3 years ago

January 14, 2021

आर्सनललाई क्रिस्टल प्यालेसको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति एक खेलमा मात्र प्रतिस्पर्धा हुदा आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ । खेल इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा प्यालेसलाई हराउदै आर्सनल अंक तालिका सुधार गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा रहेको छ । […]

51 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति एक खेलमा मात्र प्रतिस्पर्धा हुदा आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ ।

खेल इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा प्यालेसलाई हराउदै आर्सनल अंक तालिका सुधार गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

क्रिस्टल प्यालेसलाई हराउन सके आर्सनलले नवौ स्थानको चेल्सी र १०औं स्थानको वेस्टह्यामसँग अंक बराबरी गर्नेछ । २३ डिसेम्वरमा कारावाओ कपमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएपछि पछिल्लो चार खेलमा शतप्रतिशत जित निकालेको आर्सनल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

टोलीसँग एलेसान्द्रे लाकाजेट, पिएरे इमरिक औवामियाङ, बुकायो साका, इमिल स्मिथ रोई, ग्रानिट झाका, ड्यानियल सेवालोस, पाब्लो मारी, रव होल्डिङ, हेक्टर बर्लिन र गोलरक्षक बन्ड लेनोको साथ रहेको छ ।

यता, क्रिस्टल प्यालेस पनि आर्सनललाई उसकै मैदानमा स्तब्ध पार्दै ११औं स्थानमा उक्लने दाउमा हुनेछ । प्यालेस २२ अंक जोडेर १३औं स्थानमा रहेको छ । टोलीसँग क्रिस्टियन बेन्टेके, विलफ्रेड जाहा, इविरिची इजी, जेम्स म्याअर्थर, लुका मिलिभोजेभिक, एन्ड्रोस टाउनसेन्ड र गोलरक्षक भिसेन्ट गुआइटा रहेको छ ।

यि दुई टोलीको पछिल्लो १४ खेलको नतिजामा आर्सनलले ८ खेलमा जित निकालेको छ । २ खेल क्रिस्टल प्यालेसले आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ । आर्सनलले क्रिस्टल प्यालेसलाई पछिल्लो ४ खेलमा हराउन सकेको छैन । १ हार र ३ बराबरीको नतिजा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.