default_image

3 years ago

January 14, 2021

प्रशिक्षण करियरमा पोचेटिनोको पहिलो उपाधि

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले ११ वर्षे प्रशिक्षण करियरमा पहिलो उपाधिको रुपमा फ्रेन्च सुपरकप अर्थात ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेका छन् । इस्पान्योल, साउथह्याम्टन र टोटेनहम हट्सपरबाट कुनै उपाधि जित्न नसकेको पोचेटिनोलेले प्रशिक्षण करियरको पहिलो उपाधिको रुपमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण सम्हालेको ११ दिनमै उपाधि जित्न सफल भएका हुन् । […]

47 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले ११ वर्षे प्रशिक्षण करियरमा पहिलो उपाधिको रुपमा फ्रेन्च सुपरकप अर्थात ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेका छन् ।

इस्पान्योल, साउथह्याम्टन र टोटेनहम हट्सपरबाट कुनै उपाधि जित्न नसकेको पोचेटिनोलेले प्रशिक्षण करियरको पहिलो उपाधिको रुपमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण सम्हालेको ११ दिनमै उपाधि जित्न सफल भएका हुन् ।

बुधबार राति भएको फ्रेन्च सुपरकपको फाइनलमा पीएसजीले मार्सेमाथि २–१ को जित निकाल्दै १०औं पटक उपाधि जित्न सफल भएको थियो । सुपर कपको सर्वाधिक सफल पीएसजी २०१३ देखि सुपर कपको लगातार च्याम्पियन टोली हो । त्यसअघि पीएसजीले १९९५ र १९९८ मा उपाधि जितेको थियो ।

पीएसजीको उपाधि यात्रामा मोउरो इकार्डी र नेयमारले गोल गर्दा मार्सेका डिमिट्रि पाएटले एक गोल फर्काएका थिए । ११ वर्षको प्रशिक्षण करियरमा इस्पान्योल, साउथह्याम्टन र टोटेनहमबाट उपाधि जित्न नसकेको ४८ वर्षीय अर्जेन्टिनी पोचेटिनोले पीएसजीबाट दुई साताको बीचमा उपाधि जित्न सफल भए ।

‘प्रशिक्षकको रुपमा १० दिनको अन्तरमा तीन खेल खेल्यौं । यो फाइनल हाम्रो लागि सबैभन्दा महत्त्वपुर्ण थियो । यो जितको धेरै महत्व छ,’ पोचेटिनोले फ्रेन्च टीभी स्टेसन कानललाई अन्तरवार्तामा भने, ‘ट्रफीभन्दा बढी यो सम्मान र गौरव हो । यो समर्थकहरुको लागि सबैभन्दा महत्त्वपुर्ण हो । म यहाँ दुई हप्तादेखि छु । हामीले धेरै तयारी गरिरहेका छौं । यो सुरुवात मात्र हो । हामी काम र समयलाई विश्वास गर्दछौं । किनकि हामीसँग स्तर छ । मेरा खेलाडीहरु ट्रफी योग्य छन् ।’

यस खेलबाट नै नेयमारले चोटबाट पूनरागमन गर्दै पेनाल्टीमार्फत एक गोल गर्न सफल भए । ‘उनी एक विशेष खेलाडी हुन् । म नेयमारसँग धेरै खुशी छु । उनले विजयी गोल गरे । म आफ्नो टिको प्रदर्शनबाट समग्रमा खशुी छु,’ पोचेटिनोले भने ।

पोचेटिनोले २००९ देखि २०१२ सम्म स्पेनिस क्लब इस्पान्योलमा प्रशिक्षक रहेका थिए । त्यसपछि एक सिजन २०१३ देखि २०१४ सम्म इंग्लिस क्लब साउथह्याम्टनको प्रशिक्षक बनेका थिए । त्यसपछि अर्काे इंग्लिस क्लब टोटेनहम हस्टपरको प्रशिक्षण सम्हालेका उनी २०१४ देखि २०१९ सम्म त्यहाँ रहँदा टोटेनहमलाई दुईपटक फाइनलमा पुर्‍याएपनि उपाधि जित्न सकेको थिएन ।

उनले टोटेनहमलाई २०१४–१५ को सिजनमा कारावाओ कपको फाइनलमा तथा २०१८–१९ को सिजनमा च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएपनि उपाधि जिताउन सकेन । कारावाओ कपमा टोटेनहम चेल्सीसँग २–० ले तथा च्याम्पियन्स लिगमा लिभरपुलसँग २–० ले पराजित भएको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.