default_image

3 years ago

January 14, 2021

सतिसाले युनियनलाई माघे संक्रान्ती फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मोरङको सतिसाले युनियनले माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङकै विराटनगर फुटबल क्लबलाई बिहीबार सडन डेथमा हराउँदै सतिसालले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडेन डेथबाट उपाधिको छिनोफानो भएको थियो । विजेता टोलीले […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोरङको सतिसाले युनियनले माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मोरङकै विराटनगर फुटबल क्लबलाई बिहीबार सडन डेथमा हराउँदै सतिसालले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि बराबरीपछि सडेन डेथबाट उपाधिको छिनोफानो भएको थियो । विजेता टोलीले ३१ हजार र दोस्रो हुने टोलीले ३१ हजार रुपैयाँ प्राप्त गर्यो । बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले विजेता टोलीलाई पुरस्कृत गरेका थिए ।

नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजना तथा जन ज्योति क्लब र नक्सलबारी एफसीले संयोजन गर्ने प्रतियोगितालाई गोदावरी विद्या मन्दिर स्कुलले प्रायोजन गरेको प्रतियोगितामा उज्यालो प्रदेश डट कम मिडिया पार्टर रहेको थियो ।

त्यस्तै चिसाङ क्रसर उद्योग, उत्तरी मोरङ क्रसर उद्योग र मोरङ कन्स्ट्रसन सह प्रायोजक रहेको प्रतियोगिताको सहयोगीका रुपमा बेलबारी नगरपालिका र नक्सल सामुदायिक बन बेलबारी १ रहेका थिए । प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.