default_image

3 years ago

January 16, 2021

मेस्सीले फाइनल गुमाउने डर

एजेन्सी – रियल सोसिडाडलाई बुधबार पेनाल्टी सुटआउट हराउँदै बार्सिलोना सुपरकोपा डि स्पानाको फाइनल पुगेको थियो । तर त्यसमा कप्तान लिओनल मेस्सी थिएनन् । आइतबार हुने फाइनलमा उनी खेल्ने नखेल्ने अझै तय भएको छैन । ग्रानाडाविरुद्धको खेलका दौरान मेस्सीको बायाँ खुट्टामा चोट लागेको थियो । बिहीबार बार्सिलोना प्रशिक्षणमा फर्कंदा मेस्सी टोलीमा थिएनन् । उनले शुक्रबारको प्रशिक्षण पनि गुमाए । फाइनलका […]

35 views

0 Bookmark

एजेन्सी – रियल सोसिडाडलाई बुधबार पेनाल्टी सुटआउट हराउँदै बार्सिलोना सुपरकोपा डि स्पानाको फाइनल पुगेको थियो । तर त्यसमा कप्तान लिओनल मेस्सी थिएनन् । आइतबार हुने फाइनलमा उनी खेल्ने नखेल्ने अझै तय भएको छैन ।

ग्रानाडाविरुद्धको खेलका दौरान मेस्सीको बायाँ खुट्टामा चोट लागेको थियो । बिहीबार बार्सिलोना प्रशिक्षणमा फर्कंदा मेस्सी टोलीमा थिएनन् । उनले शुक्रबारको प्रशिक्षण पनि गुमाए । फाइनलका बारेमा के हुने भन्ने विषयमा क्लबले अहिले कुनै निर्णय लिएको छैन ।

अब फाइनलअघि बार्सिलोनाले शनिबार साँझ अन्तिम प्रशिक्षण गर्दैछ । उक्त प्रशिक्षणमा मेस्सीको अवस्था हेरेर प्रशिक्षक कोम्यानले फाइनल खेल्ने वा नखेल्ने निर्णय गर्नेछन् । मेस्सीको फिटनेस हेरेर मात्र उनका बारेमा थप निर्णय लिने बताइएको छ । पछिल्लो समय चोटका कारण निकै समस्यामा रहेका मेस्सीलाई लिएर जोखिम मोल्ने मनसाय कोम्यानले राखेका छैनन् ।

ला लिगाको अघिल्लो खेलमा मेस्सीलाई खेल्न गाह्रो हुने अनुमान गरिएको थियो । तर, त्यसको भएन । उनको अवस्थामा सुधार भएको थियो । आइतबार हुने फाइनलका लागि मेस्सीका लागि अन्तिम समय सम्म पनि बार्सिलोनाले कुर्ने सम्भवना छ ।

मेस्सीले पछिल्ला खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्दै लगातार गोल र असिस्ट गरिरहेका छन् । विशेषत उनको पेड्रीसँगको समझदारी राम्रो हुँदा टोलीलाई प्रत्यक्ष फाइदा पुगेको छ । अर्कोतर्फ मेस्सी नहुँदा टोलीको आक्रमण नै कमजोर भएको आभास समेत भएको छ । त्यसैले फाइनल खेलमा मेस्सी टोलीको अवस्था अनुसार उपलब्ध हुने देखिन्छ ।

मेस्सीलाई बेन्चमा राखेर खेलमा आवश्यक परे उतार्ने विकल्प पनि कोम्यानसँग रहनेछ । गत सिजन उपाधि विहिन रहेको बार्सिलोनालाई यस सिजन उपाधि जित्दै सुरुवात गर्ने सुवर्ण अवसर छ । त्यसमा मेस्सीको उपस्थितिले पनि पक्कै प्रभाव पार्नेछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.