default_image

3 years ago

January 15, 2021

रियल म्याड्रिडलाई हराउदै बिल्वाओ सुपर कपको फाइनलमा

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन । यससँगै बिल्वाओले […]

51 views

0 Bookmark

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।

यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११ खेलपछि जितविहीन यात्रा टुंग्याएको छ । रियलले बिल्वाओविरुद्ध आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सकेन । रियल बिल्वाओसँग ७ मार्च २०१५ मा १–० ले पराजित भएयता ११ खेलसम्म अपराजित रहेको थियो ।

रोसालेडा मालगामा बिहीबार राति भएको खेलमा बिल्वाओले खेलको १८औं मिनेटमा राहुल गार्सियाको गोलबाट अग्रता लिएको थियो । उनले ड्यानी गार्सियाको पासमा गोल गरेका थिए ।

३८औं मिनेटमा लुुकास भाज्क्वेजले पेनाल्टी बक्समा इनिगो मार्टिनेजलाई लडाएपछि प्राप्त पेनाल्टीमा गार्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा करिम बेन्जेमाले एक गोल फर्काउदै रियललाई खेलमा फर्कन संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल फाइनल पुग्न असमर्थ बन्यो ।

अब बिल्वाओले उपाधिका लागि सोमबार राति क्याटलान क्लब बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.