default_image

3 years ago

January 15, 2021

महिला लिग- आर्मी र पुसिलबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार लिगको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गर्दा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने भएको हो । ७ माघदेखि ७ फागुनसम्म सञ्चालन हुने लिगका खेलहरु डवल […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार लिगको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गर्दा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने भएको हो । ७ माघदेखि ७ फागुनसम्म सञ्चालन हुने लिगका खेलहरु डवल राउन्ड रोविनको आधारमा हुनेछ ।

लिगको उद्घाटन र समापन खेल बाहेकका सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लबले दोस्रो दिन चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ । सोही दिन विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । १४ माघमा विश्राम रहेको छ ।

लिगको विजेताले १५ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुने टोलीले ८ लाख, तेस्रो हुनेलाई ५ लाख तथा चौथो हुने टोलीलाई ३ लाख प्रदान गरिने एन्फाले जनाएको छ । लिगमा विभागीय टोली नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको छ ।

लिगको सर्वाेत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । हरेक विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षक (फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान ५० हजार रुपैया प्रदान गरिनेछ ।

लिगको तयारीका लागि हरेक टोलीलाई १ लाख रुपैया र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । हरेक खेलको प्लेयर अफ दि म्याचलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा विभागीय बाहेक टोलीले चार विदेशी खेलाडी राख्न र खेलाउन पाउनेछ ।

प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्नेछ । प्रतियोगिता शुरु हुनुअघिको पिसिआर टेस्ट पनि एन्फाले नै गर्नेछ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.