default_image

3 years ago

January 16, 2021

रोमामाथि लाजियोको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमालाई पराजित गरेको छ । घरेलु मैदानमा लाजियोले रोमामाथि ३–० को जित निकालेको हो । लाजियोको जितमा लुइस अल्ब्रेटोले २ तथा सिरो इमोविलले एक गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई […]

35 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमालाई पराजित गरेको छ । घरेलु मैदानमा लाजियोले रोमामाथि ३–० को जित निकालेको हो ।

लाजियोको जितमा लुइस अल्ब्रेटोले २ तथा सिरो इमोविलले एक गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । उनले म्यानुयल लाजरीको पासमा गोल गरेका थिए ।

२३औं मिनेटमा म्याजय लाजरीको पासमा लुइस अल्ब्रेटोले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ६७औं मिनेटम अल्ब्रेटोले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोलाई ३–० को सहज जित दिलाए । रोमाले बल पोसेसनमा पकड बनाएपनि घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

यो हारले रोमाले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गर्ने अवसर गुमाउदा तेस्रो स्थानमा यथावत रहेको छ । रोमाको १८ खेलबाट ३४ अंक छ । शीर्षस्थानको एसी मिलानको ४० तथा इन्टर मिलानको ३७ अंक छ । रोमालाई हराएको लाजियो ३१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.