default_image

3 years ago

January 16, 2021

विमल र विक्रम कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् । एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् ।

एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार कतारमा रहेको अस्पेटारमा हुने छ । उपचार सम्बन्धीको सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्नेछ ।

विश्वमै खेलकुदसम्बन्धी चोटको शल्यक्रियाका लागि प्रख्यात रहेको अस्पेटारमा उपचार गर्न एन्फाले गरेको आग्रह कतार फुटबल संघले स्वीकारेसँगै दुवै खेलाडीको शल्यक्रिया अब अस्पेटारमा हुने पक्का भएको थियो ।

विमलले पुस पहिलो साता प्रशिक्षण दौरान घुँडामा चोट बोकेका थिए । उनको चोटको प्रारम्भिक रिपोर्टमा तीन गम्भीर चोट देखा परेको छ । बिमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडिएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट देखिएको छ । यस्तै ल्याटरल मेनिस्कसमा पनि केहि चोट रहेको देखिएको थियो ।

विमलको उपचारको सम्पूर्ण खर्च एन्फाले नै बेहोर्नेछ । विमलको चोटमा राम्रो शल्यक्रिया र फिजियोथेरापी भएको खण्डमा उनी पूर्ण रुपमा ठिक भएर मैदान फर्कन झन्डै १ वर्ष लाग्नेछ ।

यता, बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल दौरान दुई वर्षअघि शल्यक्रिया गरिएको खुट्टामा समस्या देखिएपछि विक्रमको लागि थप उपचार आवश्यक भएको हो । उनले यसअघि नेपालकै ग्रान्डी अस्पतालमा शल्यक्रिया गरेपछि झन्डै डेढ वर्षपछि सक्रिय फुटबल खेलेका थिए । शल्यक्रियापछि उनी केहि समय मैदानबाहिर रहनेछन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.