default_image

3 years ago

January 17, 2021

पीएसजी शीर्षस्थानमा उक्लियो

एजेन्सी – एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिनका लागि शीर्षस्थान ओगटेको हो । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित […]

41 views

0 Bookmark

एजेन्सी – एन्जर्समाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

पीएसजीले एक खेल कम खेलेको लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिनका लागि शीर्षस्थान ओगटेको हो । पीएसजीको २० खेलबाट ४२ अंक पुगेको छ । एक खेल कम खेलेको लियोनको ३८ अंक छ । पराजित एन्जर्स ३० अंक जोडेर सातौ स्थानमा छ ।

पीएसजीको जितमा लेभिन कुर्जावाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । एन्जर्समा शनिबार राति भएको खेलमा पीएजसीले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

२६औं मिनेटमा एन्जल डि मारियाको पासमा नेयमारले गोल गर्ने सुवर्ण अवसर गुमाउदा पीएजसी अग्रता लिनबाट चुकेको थियो । ४७औं मिनेटमा मोइस किनको पासमा एमबाप्पेले सिक्स यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

५१औं मिनेटमा मान्सेउको पासमा डिओनीको डाइभिङ हेडरलाई पीएसजीका गोलरक्षक केलर नाभासले मुस्किलले बचाउदै पीएसजीको संकट टारे । ५४औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले अर्काे सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् ।

७०औं मिनेटमा कुर्जावाले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । एलेसान्द्रो फ्लोरेन्जीको क्रसलाई रोमेन थोमसले क्लियर गर्न नसकेको बललाई कुर्जावाले जाली चुमाएका थिए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.