default_image

3 years ago

January 17, 2021

चेल्सीले फुलहमलाई हरायो

एजेन्सी – खराव लयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहममाथि १–० को झिनो जित निकालेको छ । यो जितले प्रशिक्षक फ्रान्क लाम्पार्डले पनि राहत महसुस गरेको छ । प्रिमियर लिगको पछिल्लो ६ खेलमा चेल्सीको यो दोस्रो जित हो । यसअघि चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको थियो । एभर्टनसँग १–० ले पराजित […]

72 views

0 Bookmark

एजेन्सी – खराव लयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहममाथि १–० को झिनो जित निकालेको छ ।

यो जितले प्रशिक्षक फ्रान्क लाम्पार्डले पनि राहत महसुस गरेको छ । प्रिमियर लिगको पछिल्लो ६ खेलमा चेल्सीको यो दोस्रो जित हो । यसअघि चेल्सीले वेस्ट ह्यामलाई ३–० ले हराएको थियो । एभर्टनसँग १–० ले पराजित भएपछि चेल्सीले वल्भ्स, आर्सनल र म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउदा एस्टन भिल्लासँग बराबरी खेलेको थियो ।

क्राभेन कटेज लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली चेल्सीको जितमा मासन माउन्टले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेल सकिन १२ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

घरेलु टोली फुलहमविरुद्ध खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड बनाएपनि चेल्सीको गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको नवौं मिनेटमा मासन माउन्टको पासमा ओलिभर जिरुउडको प्रहारलाई गोलरक्षक अलफन्सो एरेओलाले बचाए ।

२३औं थियागो सिल्भाको थ्रु पासमा जिरुउडले मिलाइदिएको पासमा हाकिम जियचको प्रहारमा गोलरक्षक एरेओला बाधक बने । लगत्तै बिन चिलवेलको प्रहार क्रसबारमा लाग्दा चेल्सी अग्रता लिनबाट चुक्यो । २६औं मिनेटमा जियाचको कर्नरमा एन्टेनियो रुडिगरको फ्लिक हेडरलाई गोलरक्षक एरेओलाले विफल पारे ।

४४औं मिनेटमा घरेलु टोली फुलहम १० खेलाडीमा समेटियो । काभालेइरोले बल गुमाएपछि चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटालाई एन्टोनी रोविन्सनले खराव ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

फुलहम १० खेलाडीमा समेटिएको फाइदा चेल्सीले दोस्रो हाफमा उठाउन सफल भयो । ६६औं मिनेटमा बेन चिलवेलको क्रसमा ट्याम्मी अब्राहमको प्रहारमा गोलरक्षक एरेओला नै बाधक बने । ७८औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । चिलवेलको क्रसमा अनमार्क रहेका माउन्टले गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्रिस्टियन पुलिसिसको पासमा कप्तान सेसरको प्रहार क्रसबारबाट थोरै बाहिरियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा काउन्टर एट्याकमा टिमो वेर्नरले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

यो जितसँगै चेल्सी १८ खेलबाट २९ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित फुलहम १७ खेलबाट १२ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.