default_image

3 years ago

January 17, 2021

लेस्टर दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले साउथह्याम्टनमाथि सहज जित निकालेको छ । लेस्टरले साउथह्याम्टनलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरको सहज जितमा जेम्स म्याडिसन र हार्भे बार्नेसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । किङ पावर स्टेडियममा घरेलु टोलीले खेलको ३७औं […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले साउथह्याम्टनमाथि सहज जित निकालेको छ । लेस्टरले साउथह्याम्टनलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरको सहज जितमा जेम्स म्याडिसन र हार्भे बार्नेसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । किङ पावर स्टेडियममा घरेलु टोलीले खेलको ३७औं मिनेटमा जेम्स म्याडिसनको गोलबाट अग्रता लिएको थियो । उनले युरी टिलेमान्सको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा युरी टिलेमान्सकै पासमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई २–० को सहज जित दिलाए ।

यो जितसँगै लेस्टर १८ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ । पराजित साउथह्याम्टन २९ अंकसहित आठौं स्थानमा छ ।

अन्य नतिजा
वल्भ्सविरुद्ध वेस्ट ब्रुम (२–), लिड्सविरुद्ध ब्राइटन (०–), वेस्ट ह्यामविरुद्ध बर्नले (–०), फुलहमविरुद्ध चेल्सी (०–)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.