default_image

3 years ago

January 17, 2021

बार्सिलोना र बिल्वाओ उपाधिका लागि भिड्दै

एजेन्सी – स्पेनिस सुपर कपको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथ्लेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार सेभियामा राति १ः४५ बजे हुनेछ । बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । तर, टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा सामेल छैनन् । […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस सुपर कपको उपाधिका लागि आज राति क्याटलान क्लब बार्सिलोना र एथ्लेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार सेभियामा राति १ः४५ बजे हुनेछ । बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । तर, टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा सामेल छैनन् । प्रशिक्षक रोनाल्ड कोम्यान मेस्सीलाई खेलाएर जोखिम मोल्ने पक्षमा छैनन् ।

टोलीसँग एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन जस्ता खेलाडी रहेको छ ।

बार्सिलोनाले रियल सोसिडाडमाथि पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल १–१ गोल र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

यता, सेमिफाइनलमा साविक विजेता रियल म्याड्रिडलाई हराएर हौसिएको एथ्लेटिक बिल्वाओ बार्सिलोनालाई पनि स्तब्ध पार्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा हुनेछ । टोलीसँग राहुल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया, ओस्कार डि मार्काेस, इनिगो मार्टिनेज, युनाइ नुनेज, एन्डर कापा र गोलरक्षक युनाई सिमोन रहेका छन् ।

स्पेनिस फुटबल फेडेरेसनले गत वर्षदेखि चार टोलीको अवधारणा अघि सारेको थियो । यसवर्ष ला लिगाको विजेता रियल म्याड्रिड र बार्सिलोना र कोपा डेल रेको विजेता रियल सोसिडाड र एथ्लेटिक बिल्वाओले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.