default_image

3 years ago

January 17, 2021

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्ने आइतबार सम्झौता भएको छ । प्रहरी महानिरिक्षक शैलेश थापाको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरिक्षक निरजबहादुर सिंहबीच नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्ने आइतबार सम्झौता भएको छ ।

प्रहरी महानिरिक्षक शैलेश थापाको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरिक्षक निरजबहादुर सिंहबीच नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सहमति अनुसार पुलिस स्कुलमा २१ जनालाई एकेडेमीमा राखिनेछ । जसमा पुलिस स्कुलले ७, एन्फाले देशभरबाट छनोट गर्ने ७ खेलाडी छनोट गर्नेछ । पुलिसले ७ र एन्फाले ७ खेलाडीको सम्पूर्ण खर्च बेहोर्ने बताइएको छ । बाँकी ७ जनाले तोकिएको शुल्कसहित एकेडेमीमा बस्न पाउनेछन् । एन्फाले एकेडेमी सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य हरि खड्का, लिग कमिटीका प्रमुख विज्ञानराज शर्मालगायतको उपस्थिति थियो ।

त्यस्तै एकेडेमी सञ्चालनका लागि शसस्त्र प्रहरी बल र एन्फाबीच मंसिरमा एकेडेमी सञ्चालनको सम्झौता भएको थियो । अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एन्फाबीच एकेडेमी सञ्चालनका लागि छिट्टै सम्झौता हुने बताइएको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.