default_image

3 years ago

January 18, 2021

इन्टर मिलानसँग युभेन्टसको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो । इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु […]

45 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो ।

इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।

५२औं मिनेटमा बरेल्लाले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

युभेन्टसले अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटालाई खेलाएपनि उनीहरुको प्रदर्शन फितलो बन्यो । सिरी ‘ए’ मा युभेन्टसको यो दोस्रो हार हो ।

युभेन्टसमाथिको जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ४० अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको पनि ४० अंक छ । पराजित युभेन्टस १७ खेलबाट ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ को अर्काे खेलमा नेपोलीले फियोरेन्टिनामाथि ६–० को सानदार जित निकालेको छ ।नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा डिएगो डिम्मी, हिर्भिङ लोजानो, पिओटर जिलेन्स्की र माटियो पोलिटानोले समान एक गोल गरे ।

यो जितसँगै नेपोली १७ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित फियोरेन्टिना १८ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.