default_image

3 years ago

January 23, 2021

हाजार्डको डेढ बर्ष – ३ गोल र ४ एसिस्ट

एजेन्सी – चेल्सीबाट सन् २०१९ मा रियल म्याड्रिड पुगेका इडन हाजार्ड त्यता धेरै जसो समय चोटग्रस्त रहे । ठूलो रकममा उच्च प्रदर्शनको अपेक्षासहित उनी रियल पुगेका थिए । युरोपका उत्कृष्ट खेलाडी मध्ये एकको छवि बनाएपछि बेल्जियन अन्तर्राष्ट्रिय रियल पुगेका थिए । तर, स्पेन पुगेयता उनी अधिकांश समय चोट ग्रस्त रहँदा अपेक्षा अनुसारको प्रदर्शन हुन सकेको […]

32 views

0 Bookmark

एजेन्सी – चेल्सीबाट सन् २०१९ मा रियल म्याड्रिड पुगेका इडन हाजार्ड त्यता धेरै जसो समय चोटग्रस्त रहे । ठूलो रकममा उच्च प्रदर्शनको अपेक्षासहित उनी रियल पुगेका थिए । युरोपका उत्कृष्ट खेलाडी मध्ये एकको छवि बनाएपछि बेल्जियन अन्तर्राष्ट्रिय रियल पुगेका थिए ।

तर, स्पेन पुगेयता उनी अधिकांश समय चोट ग्रस्त रहँदा अपेक्षा अनुसारको प्रदर्शन हुन सकेको छैन । रियलमा हाजार्ड गएको डेढ बर्ष पूरा भएको छ । यसबीचमा उनले ३३ खेल खेलेका छन् । जसमा ३ गोल गरेका छन् भने ४ एसिस्ट गरेका छन् ।

डेढ वर्षको अवधिमा उनको प्रदर्शन जाभिएर हर्नान्डेजको तुलनामा पनि कमजोर देखिएको छ । म्यानचेष्टर युनाइटेडबाट २०१४/१५ को सिजनमा हर्नान्डेज रियल पुग्दा पनि धेरै खाले प्रश्न उठेका थिए । उनको भन्दा पनि हाजार्डको प्रदर्शन कमजोर देखिनु रियलका लागि सन्तोषजनक विषय भने होइन । हर्नान्डेजले डेढ वर्षमा ३३ खेल खेल्ने क्रममा ९ गोल गर्नुका साथै ९ एसिस्ट गरेका थिए ।

रियल गएयता हाजार्डको स्मरण योग्य प्रदर्शन एट्लेटिको म्याड्रिडविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको विजयी गोल थियो । बराबर अवधिमा हाजार्डले भन्दा हर्नान्डेजले बढी समय मैदानमा बिताएका थिए ।

सुपर स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि रियलले हाजार्डलाई लगेको थियो । उनलाई रोनाल्डोको ठाँउमा लगिएको थियो । सफल इतिहास बनाएर रोनाल्डोले रियल छाडेका थिए । तर, हाजार्डले भने अहिले सम्म त्यस्तो कुनै प्रभाव जमाउन सकेका छैनन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.