default_image

3 years ago

January 20, 2021

मेस्सीलाई पछ्याउँदै पिएसजी

एजेन्सी – नयाँ प्रशिक्षक माउरिसियो पोचिटिनोले भविष्यमा क्लबमा भित्राउन सक्ने खेलाडीका बारेमा चर्चा गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि त्यसमा ध्यान दिन थालेको छ । त्यसैकारण पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले लिओनल मेस्सी उपलब्ध भएको खण्डमा क्लबले भित्राउन प्रयास गर्ने स्वीकारेका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै वर्षको जुन ३० मा सकिँदैछ । गत सिजन […]

38 views

0 Bookmark

एजेन्सी – नयाँ प्रशिक्षक माउरिसियो पोचिटिनोले भविष्यमा क्लबमा भित्राउन सक्ने खेलाडीका बारेमा चर्चा गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि त्यसमा ध्यान दिन थालेको छ ।

त्यसैकारण पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले लिओनल मेस्सी उपलब्ध भएको खण्डमा क्लबले भित्राउन प्रयास गर्ने स्वीकारेका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै वर्षको जुन ३० मा सकिँदैछ । गत सिजन मेस्सीले अन्य क्लबमा जानका लागि बार्सिलोनाको व्यवस्थापनलाई पत्र नै लेखेका थिए ।

पछि क्लबसँग थप विवाद गर्न नचाहेको भन्दै सम्झौता अवधिभर बस्ने निर्णय गरेका थिए । जनवरीको सरुवा बजार खुलेसँगै मेस्सी जुनसुकै क्लबसँग छलफलका लागि उपलब्ध छन् । कतिपयले उनी फ्रि ट्रान्सफरपछि मात्र अन्य क्लब जान तयार हुने अनुमान गरिएको छ ।

‘उत्कृष्ट खेलाडी जोकोहि पिएसजीको सुचिमा हुनेछन्, जस्तै मेस्सी । तर यो अहिले यो विषयमा बोल्नु र सोच्नु सहि समय होइन,’ लियोनार्दोले भने,’ हामी यो विषयमा छलफल गर्नेछौं । अझै यो सिजन चार महिना बाँकी छ । यो उमेर र अवस्था पनि विचार गर्नुपर्ने हुन्छ । तर, पनि हाम्रो टेबलमा कुर्सी रहनेछ ।’

बार्सिलोनाले अहिलेसम्म नयाँ सम्झौताका लागि मेस्सीसँग छलफल गरेको छैन । कारण बार्सिलोनाको अध्यक्षका लागि मार्च ७ मा निर्वाचन हुँदैछ । त्यतिबेला सम्म छलफल हुने सम्भावना कम छ । मेस्सीलाई भित्राउनका लागि आर्थिक कारण मुख्य हुन सक्दछ । यदि मेस्सी पिएसजी पुगे भने फेरि एकपटक उनलाई र नेयमारलाईसँगै मैदानमा देख्न सकिनेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.