काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अबको कार्यसमितिमा २१ सदस्यीय समिति हुने भएको छ । मंगलबार भएको एन्फाको १९औं साधरण सभाले यस्तो निर्णय गरेको हो ।

एन्फाको अब हुने निर्वाचनले २१ जनाको कार्यसमितिमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १५ जना सदस्य चयन गर्नेछ । १५ जना सदस्यमा दुई महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा ४ मध्येबाट एक हुने भएपनि अब वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन हुनेछ ।
मनोनित गर्ने कोटामा ३ जना सहायक महासचिवमा मनोनित हुनेछ । अरु मनोनित गर्ने कोटा रहेपनि केन्द्रिय कार्यसमितिमा उपाध्यक्ष र सदस्य मनोनित हुनेछैनन् ।