default_image

3 years ago

January 19, 2021

रजिन दम्पतीलाई पुत्र लाभ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणको क्रममा रहेका रजिन धिमाल दोस्रो सन्तानका पिता बनेका छन् । रजिनकी पत्नी उर्मिलाले मंगलबार साँझ ओम मेची अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी थिइन् । रजिन र उर्मिलाको जोडीको ६ वर्षकी छोरी छिन् । उता उर्मिलाले छोरालाई जन्म दिने  समयमा भने रजिन राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणको क्रममा रहेका रजिन धिमाल दोस्रो सन्तानका पिता बनेका छन् ।

रजिनकी पत्नी उर्मिलाले मंगलबार साँझ ओम मेची अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी थिइन् । रजिन र उर्मिलाको जोडीको ६ वर्षकी छोरी छिन् । उता उर्मिलाले छोरालाई जन्म दिने  समयमा भने रजिन राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त थिए ।

‘माघ १० गतेको डेट देको थियो । भोली घर जाने योजनामा थिए,’ खुसी हुँदै रजिनले भने,’आज साँझ ५ः०५ मा बाबुलाई जन्म दिइछन् । प्रशिक्षण सकेर फर्केपछि मैले झन्डै ५ः३० बजे थाहा पाए । उनीहरुलाई कतिखेर भेटौं जस्तो भएको छ । यस्तो बेला सँगै हुन पाएको भए हुन्थ्यो भन्ने लाग्ने रहेछ ।’

मोरङ उर्लाबारीका रजिन बुधबार घर फर्कने तयारीमा छन् । उनले थपे,’बिहान ८ः३० को फ्लाइट छ ।’ उनका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य छ । रजिन र उर्मिलाले प्रेम सम्बन्धलाई ७ वर्षअघि विवाहमा परिणत गरेका थिए ।

चैतमा हुने विश्व कप छनोटको तयारीका लागि राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ । विश्व कप छनोटमा नेपालले दशरथ रंगशालमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.