default_image

3 years ago

January 20, 2021

कास्की एन्फा अध्यक्ष गुरुङलाई १० दिन कैद सजाय

काठमाडौं (हाम्रो खेलकुद) – पटक पटक विवादमा पर्दै आएका कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई बैंकिङ कसुरमा उच्च अदालत पोखराले १० दिनको कैद सजाय सुनाएको छ । गुरुङ जिल्ला संघको प्रतिनिधिका रुपमा मंगलबार सानेपामा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभामा सहभागी भएका थिए । न्यायधिशद्वय किशोर सिलवाल र प्रमोदकुमार […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पटक पटक विवादमा पर्दै आएका कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई बैंकिङ कसुरमा उच्च अदालत पोखराले १० दिनको कैद सजाय सुनाएको छ ।

गुरुङ जिल्ला संघको प्रतिनिधिका रुपमा मंगलबार सानेपामा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभामा सहभागी भएका थिए । न्यायधिशद्वय किशोर सिलवाल र प्रमोदकुमार श्रेष्ष्ठ वैद्यको संयुक्त इजलासले गुरुङलाई बैंकिङ कसुर तथा सजाए ऐन २०६४ को दफा ३ ग अनुसारको कसुर ठहर गरेको थियो । सोही ऐनको १५ (१) बमोजिम उनलाई १० दिनको कैद फैसला गरेको हो ।

गत वर्ष पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका क्रममा राष्ट्रिय महिला टोलीका खेलाडीसहित ३४ सदस्य टोली पोखराको ओम गौरा जोस्टेल होटल बसेको थियो । पोखरामा रहँदा टोलीको खाना र बसाईको भुक्तानी गर्ने क्रममा गत वर्ष असोज १३ गते गुरुङले होटेल सञ्चालक हरिभक्त आचार्यलाई २ लाख रुपैयाँको चेक दिएका थिए ।

तर खातामा पर्याप्त रकम नभएपनि चेक बाउन्स भएको थियो । त्यसकै आधार तथा भुक्तानीमा माग्ला धम्काएपछि होटल सञ्चालक आचार्यले गुरुङविरुद्ध उच्च अदालतमा जाहेरी दिएका थिए । गत वर्ष माघ १० गते पक्राउ परेका गुरुङ २ लाख रुपैयाँ घरौटीमा १२ दिनपछि छुटेका थिए ।

आफ्नो खातामा रकम नहँुदा नहुँदै पनि चेक काटेर दिएको भन्दै उच्च अदालतले गुरुङलाई १० दिनको कैद सजाय सुनाएको हो । बयानका क्रममा गुरुङले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट रकम आउन ढिला भएकाले आफूले चेट काटेको बताएका थिए । मुद्दा चलिरहेकै बेला प्रशिक्षक अरुणा गुरुङमार्फत राखेपले होटल सञ्चालक आचार्यलाई २ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

एन्फा प्रवक्ता किरण राईले उच्च अदालतको फैसलाको लिखित जानकारी प्राप्त भइनसकेको बताएका छन् । ‘समाचार मार्फत जानकारी पाएका छौं, ‘साधारण सभापछि आयोजित पत्रकार सम्मेलानमा उनले भने, ‘औपचारिक जानकारी आएपछि नियमानुसार प्रक्रिया अघि बढ्नेछ ।’

केहि साता अघि गठित गण्डकी प्रदेश फुटबल समितिको दार्थत समितिमा गुरुङ उपाध्यक्ष रहेका छन् । एन्फा साधारण सभाले गण्डकीसहित लुम्बिनी र कर्णाली प्रदेश संघको समितिलाई अनुमोदन गरेको थियो ।

गुरुङका कारण कास्की एन्फा आर्थिक विवादमा परेपछि एन्फा केन्द्रले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले तयार पारेको प्रतिवेदन एन्फालाई बुझाएको थियो । तर, एन्फाले अहिले सम्म प्रतिवेदनलाई सार्वजनिक गरेको छैन ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.