default_image

3 years ago

January 20, 2021

लिभरकुसनसँग डर्टमुन्डको हार

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बायर लिभरकुसनसँग हार बेहोरेको छ । डर्टमुन्ड घरेलु टोली लिभरकुसनसँग २–१ ले पराजित भएको हो । यो सिजन औसतको प्रदर्शन गरिरहेको डर्टमुन्डको बुन्डेसलिगामा यो छैटौं हार हो । लिभरकुसनले बुन्डेसलिगामा नवौं जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । बेएरिना लिभरकुसनमा मंगलबार राति भएके खेलमा घरेलु टोलीको जितमा मोउसा डियावी […]

24 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बायर लिभरकुसनसँग हार बेहोरेको छ । डर्टमुन्ड घरेलु टोली लिभरकुसनसँग २–१ ले पराजित भएको हो ।

यो सिजन औसतको प्रदर्शन गरिरहेको डर्टमुन्डको बुन्डेसलिगामा यो छैटौं हार हो । लिभरकुसनले बुन्डेसलिगामा नवौं जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । बेएरिना लिभरकुसनमा मंगलबार राति भएके खेलमा घरेलु टोलीको जितमा मोउसा डियावी र फ्लोरियन रित्जले गोल गरे । जुलियन ब्रान्डको गोल सान्त्वना बन्यो ।

घरेलु टोलीले खेलको १४औं मिनेटमा मोउसा डियावीको गोलबाट अग्रता लिएको थियो । उनले लियोन बेइलीको पासलाई सदुपयोग गरेका थिए । ६७औं मिनेटमा जुलियन ब्रान्डले राफयल गुरेइरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा फ्लोरियनले गोल गर्दै लिभरकुसनलाई २–१ को जित दिलाए ।

यस जितसँगै लिभरकुसन १७ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिभरकुसन शीर्षस्थानको बायर्न म्युनिखसँग ४ अंकले पछि छ । एक खेल कम खेलेको शीर्षस्थानको बायर्नको ३६ अंक छ । पराजित डर्टमुन्ड २९ अंक जोडेर चौथो स्थानमा यथावत छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.