default_image

3 years ago

January 20, 2021

महिला लिग आज सुरु हुँदै, उद्घाटनमा आर्मी र पुलिस भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल लिग बुधबार सुरु हुँदैछ । दशरथ रंगशालामा २ः०० बजे सुरु हुने उद्घाटन खेलमा दुई विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ । डबल राउन्डका आधारमा हुने लिगको उद्घाटन र समापन खेल दशरथ रंगशालामा र बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल लिग बुधबार सुरु हुँदैछ । दशरथ रंगशालामा २ः०० बजे सुरु हुने उद्घाटन खेलमा दुई विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ ।

डबल राउन्डका आधारमा हुने लिगको उद्घाटन र समापन खेल दशरथ रंगशालामा र बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । डेढ दशकयता पहिलो पटक रंगशालमा महिला सिनियर फुटबल खेल हुँदैछ ।

२०६१ मा नेपाल, भारत र सिगांपुरको महिला टोली तथा सोही वर्ष एपिएफले महिला प्रतियोगिता आयोजना गरेको थियो ।७ टोलीको सहभागिता रहेको लिगको पहिलो राउन्डको खेल तालिका एन्फाले सार्वजनिक गरेको छ ।

एन्फाले लिग विजेतालाई १५ लाख रुपैयाँ प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेको छ । यस्तै लिगको दोस्रो हुने टोलीले ८ लाख, तेस्रो हुनेलाई ५ लाख तथा चौथो हुने टोलीलाई ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

फागुन ७ गते सम्म हुने लिगमा पुलिस, आर्मीसहित, नेपाल एपिएफ क्लब, वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको छ ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । हरेक विधागत उत्कृष्ट खेलाडी फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ एन्फाले जनाएको छ ।

लिगको तयारीका लागि हरेक टोलीलाई १ लाख रुपैयाँ प्राप्त गरेका थिए भने कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएको थियो । हरेक खेलको प्लेयर अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगमा विभागीय बाहेकका टोलीले चार विदेशी खेलाडी राख्न र खेलाउन पाउनेछ ।

प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्ने बताइएको छ । लिग अघि एन्फाले सबै टोलीलाई पिसिआर टेस्ट गर्न निर्देशन दिएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.