default_image

3 years ago

January 21, 2021

रियल म्याड्रिड कोपा डेल रे बाट बाहिरियो

एजेन्सी – तेस्रो श्रेणीको एल्कोयानोसँग अतिरिक्त समयमा पराजित हुदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ राउन्डबाट बाहिरिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा रियल १० खेलाडीमा समेटिएको एल्कोयानोसँग २–१ ले पराजित हुदै कोपा डेल रेबाट बाहिरिएको हो । एल्कोयानोविरुद्ध दोस्रो रोजाईको खेलाडीलाई मौका दिनु नै रियल बाहिरिनु कारक बन्यो । रियलले एल्कोयानोविरुद्ध पहिलो […]

52 views

0 Bookmark

एजेन्सी – तेस्रो श्रेणीको एल्कोयानोसँग अतिरिक्त समयमा पराजित हुदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ राउन्डबाट बाहिरिएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा रियल १० खेलाडीमा समेटिएको एल्कोयानोसँग २–१ ले पराजित हुदै कोपा डेल रेबाट बाहिरिएको हो । एल्कोयानोविरुद्ध दोस्रो रोजाईको खेलाडीलाई मौका दिनु नै रियल बाहिरिनु कारक बन्यो ।

रियलले एल्कोयानोविरुद्ध पहिलो रोजाईका क्यासमिरोलाई मात्रै सुरुवाती सेटमा उतारेको थियो । त्यसपछि मार्काे एसेन्सियो, करिम बेन्जेमा, टोनी क्रुस, र इडेन हाजार्डलाई मैदानमा उतारेपनि हार टार्न सकेन ।

एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलले खेलको ४५औं मिनेटमा अग्रता लिएको थियो । सेन्टर ब्याक इडर मिलिटाओले मार्सेलोको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

८०औं मिनेटमा सब्सिच्युट जोस सोल्वेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जोनाको स्थानमा ६०औं मिनेटमा मैदान छिरेका सोल्वेसले रामोन लोपेजको पासमा गोल गरेका थिए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

१०९औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । क्यासमिरोमाथि फल गरेपछि रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । तर, त्यसको फाइदा रियलले उठाउन सकेन । उल्टै गोल खादै बाहिरिन बाध्य बन्यो । ११५औं मिनेटमा जुआनानले एलि डियाकिटको पासमा गोल गर्दै रियललाई स्तब्ध पार्दै प्रि–क्वाटरफाइनलमा पग्न सफल भयो ।

कोपा डेल रे कै अर्काे खेलमा जोस विलियनको दुई गोल सहयोगमा रियल सोसिडाडले कोर्डाेवालाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । घरेलु टोली कोर्डाेवा ८८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसअघि ५७ र ८४औं मिनेटमा विलियन जोसले गोल गरेका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.