default_image

3 years ago

January 21, 2021

एस्टन भिल्लामाथि म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि २–० को सहज जित निकाल्दै शीर्षस्थानको म्यानचेस्टर युनाइटेडलाई पछ्याइरहेको छ । सिटीको जितमा बर्नाडो सिल्भा र इल्केए गुन्डोगानले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा भिल्लालाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । […]

29 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि २–० को सहज जित निकाल्दै शीर्षस्थानको म्यानचेस्टर युनाइटेडलाई पछ्याइरहेको छ ।

सिटीको जितमा बर्नाडो सिल्भा र इल्केए गुन्डोगानले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा भिल्लालाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

७९औं मिनेटमा रोड्रीको पासमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । इन्ज्युरी समयमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीको जित पक्का गरे ।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीको १८ खेलबाट ३८ अंक पुगेको छ । शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक छ । पराजित इस्टन भिल्ला २६ अंकसहित ११औं स्थानमा छ । भिल्लाले १६ खेलमात्रै खेलेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.