काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको तयारीमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीले झन्डै २ साता पोखरामा प्रशिक्षण गर्ने भएको छ ।

३५ सदस्यीय खेलाडीसहित ४४ जनाको टोली बिहीबार बिहान पोखराका लागि काठमाडौंबाट निस्केको छ ।पूर्व योजना अनुसार नै पोखरा जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।
पोखरामा ११ दिन बस्ने योजना छ । पोखरा रंगशालामा नै प्रशिक्षण गर्नेछौं, उनले भने, एन्फा होस्टलमै बसेर लामो समयदेखि खेलाडीहरु अभ्यासमा छन् । केहि रिफ्रिस हुन् भनेर पूर्व योजना अनुसार नै पोखरा जान लागिएको हो ।
चैतमा दशरथ रंगशालमा हुने विश्व कप छनोटका लागि राष्ट्रिय टोली तयारीमा छ। विश्व कप छनोटमा नेपालले घरेलु मैदानमा अष्टे«लिया, चाइनिज ताइपे र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।