default_image

3 years ago

January 21, 2021

रारालाई त्रिवेणी फुटबल उपाधि

धनकुटा (हाम्रो खेलकुद) – रारा फुटबल क्लब राजारानीले त्रिवेणी नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिवेणी युवा क्लब मुडेबासलाई बुधबार टाइब्रेकरमा ४–२ ले हराउँदै राराले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरी भएपनि उपाधिको छिनोफानो टाइब्रेकरमा भएको थियो ।राराले उपाधिसहित ४५ हजार रुपैयाँ प्राप्त गरेको थियो । प्रहरी निरिक्षक राजकुमार कार्कीलगायतले विजेता, […]

24 views

0 Bookmark

धनकुटा (हाम्रो खेलकुद) – रारा फुटबल क्लब राजारानीले त्रिवेणी नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवेणी युवा क्लब मुडेबासलाई बुधबार टाइब्रेकरमा ४–२ ले हराउँदै राराले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरी भएपनि उपाधिको छिनोफानो टाइब्रेकरमा भएको थियो ।
राराले उपाधिसहित ४५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

प्रहरी निरिक्षक राजकुमार कार्कीलगायतले विजेता, उपविजेता टोलीका सदस्यलाई पुरस्कृत गरेका थिए । माघे संक्रान्तीका उपलक्ष्यमा धनकुटाको चौबिसले गाउँपालिका मुडेबालले प्रतियोगिताको आयोजना गरेको थियो । माघ १ गते देखि सञ्चालन भएको प्रतियोगितामा २४ टोलीको सहभागिता थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.