default_image

3 years ago

January 21, 2021

रोनाल्डोको दुर्लभ कीर्तिमान

एजेन्सी– क्रिस्टियानो रोनाल्डो बुधबारको गोलसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । नेपोलीलाई २–० ले हराउँदै युभेन्ट्सले सुपर कप जित्दा रोनाल्डोले पहिलो गोल गरेका थिए । विभिन्न क्लब र पोर्चुगलका लागि गर्दै उनको गोल संख्या ७ सय ६० पुगेको छ । ३५ वर्षे फरवार्ड इन्टरविरुद्ध शनिबारकै खेलमा कीर्तिमानी गोलमा पुग्ने अपेक्षा गरिएको थियो […]

38 views

0 Bookmark

एजेन्सी– क्रिस्टियानो रोनाल्डो बुधबारको गोलसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । नेपोलीलाई २–० ले हराउँदै युभेन्ट्सले सुपर कप जित्दा रोनाल्डोले पहिलो गोल गरेका थिए । विभिन्न क्लब र पोर्चुगलका लागि गर्दै उनको गोल संख्या ७ सय ६० पुगेको छ ।

३५ वर्षे फरवार्ड इन्टरविरुद्ध शनिबारकै खेलमा कीर्तिमानी गोलमा पुग्ने अपेक्षा गरिएको थियो । तर युभेन्ट्स सिरि एको त्यो खेलमा २–० ले पराजित भएको थियो । जसका कारण उनले इटालिन सुपर कप सम्म कुर्नुपरेको थियो । उनले ६४ औं मिनेटमा गोल गर्दै कीर्तिमानी बनाएका थिए ।

रोनाल्डोले जोसेफ विकानको ७ सय ५९ को कीर्तिमानलाई तोडेका हुन् । विकानले सन् १९३१ देखि १९५५ को बीचमा त्यो गोल गरेका थिए । अझै केहि वर्ष राष्ट्रिय टोली र क्लबबाट खेल्ने भएकोले रोनाल्डोले फुटबलबाट सन्यास लिदा उनीको गोलसंख्या अझै बढ्नेछ ।

रोनाल्डोको कीर्तिमानलाई समकालिन खेलाडी मध्ये लिओनल मेस्सीले भेट्ने सम्भावना छ । बार्सिलोना तथा अर्जेन्टिनाका सुपर स्टारले खेल जीवनमा ७ सय १५ गोल गरेका छन् । रोनाल्डो भन्दा १ सय ५० खेल कम खेलेका मेस्सी उनीभन्दा २ वर्षले कान्छा छन् ।

रोनाल्डो फेब्रुअरी ५ मा ३६ औं वर्षमा प्रवेश गर्नेछन् । झन्डै २ दशक लामो आफ्नो खेल जीवनमा स्पोर्टिङ लिस्बन, म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिडको जर्सी पहिरिएका रोनाल्डोले अहिले युभेन्ट्सबाट व्यसायिक फुटबल खेलिरहेका छन् ।

जनवरी ३ मा युडिनेसीविरुद्ध ४–१ को जितमा गोल गर्दै उनले ब्राजिलियन विश्व कप विजेता पेले (७ सय ५७) को कीर्तिमानसँग बराबरी गरेका थिए । जनवरी १० मा सासोउलोविरुद्ध ३–१ को जित हासिल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्तामा आफूलाई दोस्रो स्थानमा उभ्याएका थिए ।

रोनाल्डोको गोल तथ्यांक

वर्ष – गोल

२००२-५

२००३-१

२००४-१४

२००५-१५

२००६-२४

२००७ -३४

२००८ – ३५

२००९- ३०

२०१०- ४८

२०११ – ६०

२०१२ – ६३

२०१३ – ६९

२०१४ – ६१

२०१५ – ५७

२०१६ – ५५

२०१७ – ५३

२०१८ – ४९

२०१९ – ३८

२०२० – ४२

२०२१ – ४

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.