default_image

3 years ago

January 21, 2021

म्याराडोनालाई साम्बाको गोल समर्पण

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल परिवार र समर्थकहरुका लागि सन् २०२० को वर्ष निकै पीडादायी रह्यो । कारण थियो, विश्व फुटबलकै उत्कृष्ट खेलाडीका मध्ये अर्जेन्टिनाका विश्वकप विजेता महना खेलाडी डिएगो म्यराडोनाको निधन । नोभेम्बर २५, २०२० को दिन म्याराडोनाको निधनसँगै विश्व फुटबलका महान हस्तीहरुले आ-आफ्नो शैलीमा उनीबारे स्मरण गरे, श्रद्धान्जली थिए । अर्जेन्टिनाका सुपरस्टार […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल परिवार र समर्थकहरुका लागि सन् २०२० को वर्ष निकै पीडादायी रह्यो । कारण थियो, विश्व फुटबलकै उत्कृष्ट खेलाडीका मध्ये अर्जेन्टिनाका विश्वकप विजेता महना खेलाडी डिएगो म्यराडोनाको निधन ।

नोभेम्बर २५, २०२० को दिन म्याराडोनाको निधनसँगै विश्व फुटबलका महान हस्तीहरुले आ-आफ्नो शैलीमा उनीबारे स्मरण गरे, श्रद्धान्जली थिए । अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले पनि आफ्ना पूर्व प्रशिक्षकलाई मैदानबाट गोल समपर्ण गरेका थिए । म्याराडोनाको निधन पछिको आफ्नो पहिलो खेलमा मेस्सीले गोल गर्दै जर्सी खोलेर म्याराडोनालाई स्मरण गरेका थिए । मेस्सीले बार्सिलोनाको जर्सीभित्र म्याराडोनाले आफ्नो खेल जीवनमा लाएको जर्सी लगाएका थिए ।

इटालियन क्लब नेपोलीले म्याराडोनाको स्मरणलाई सधै ताजा राख्न आफ्नो रंगशालाको नामनै म्याराडोनाको नाममा परिणत गरेको छ । म्याराडोनालाई स्मरण गर्दै विश्व फुटबलका ठूला लिगमा खेल सुरु हुनुअघि उनको सम्झना गरियो, क्लबहरुले पनि कार्यक्रम गरे ।

यी त केहि उदाहरण मात्रै हुन्, फुटबललाई म्याराडोनालाई माया गर्ने सबैले आ आफ्नो ढंगले सम्झिए । विश्व फुटबलका अर्का महान खेलाडी ब्राजिलियन विश्व कप विजेता पेलेले अब स्वर्गमासँगै फुटबल खेलौंला भन्दै भावुक श्रद्धान्जली दिएका थिए ।

तीनै महान खेलाडी म्याराडोनालाई राष्ट्रिय महिला लिगको दोस्रो दिन राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बाले स्मरण गरिन् । महिला लिग अन्तर्गत चन्द्रपुर नगरपालिकाविरुद्धको ६–० को जितमा सावित्राले ह्याट्रिक गरिन् । पहिलो गोल भने उनले उनै म्याराडोनालाई समपर्ण गरिन् । १४ औं मिनेटमा टोलीका लागि खाता खोलेकी सावित्राले दुई हातको औंला जोडेर ‘एम’ बनाइन् ।

झन्डै वर्षदिन पनि मैदान फर्कदा सबै जस्तै आफू पनि उत्साहित रहेको सावित्राले सुनाइन् । ‘हामी सबै उत्साहित छौं । तर गत वर्ष सबैका लागि कोभिड १९ का कारण निकै कष्टकर बन्यो । त्यो कठीन परिस्थितिबाट फेरि मैदानमा फर्कन पाउँदाको खुसी एकातिर थियो’, उनले भनिन्, ‘अर्कोतर्फ विश्व फुटबल परिवारले एक महान खेलाडी म्याराडोनालाई गुमाएको थियो । त्यसैले मैले आफ्नो पहिलो गोल उनका लागि समपर्ण गरे । सायद फुटबलमा चासो राख्ने जोकोहीले म्याराडोनाका बारेमा पढ्नेछन् ।’

विश्वनै कोराना महामारीका कारण पछिल्लो एक वर्ष सबैका लागि कठिन रह्यो । महामारी अझै पूर्ण रुपमा नियन्त्रणमा नआएपनि अब विस्तारै खेलकुदका गतिवधि सुरु हुन थालेका छन् । बी डिभिजन चल्दै गर्दा गत वर्ष चैत ११ गते सरकारले कोभिड १९ का कारण लकडाउन गरेको थियो । त्यसयता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको महिला लिग पहिलो प्रतियोगिता हो ।

सावित्रा विगतमा भन्दा यसपटकको लिग निकै फरक रहेको सुनाउछिन् । ‘यसपटक लिग पहिला जस्तो छैन । पहिला महिला लिग सुरु भएपछि सक्ने हतारो हुन्थ्यो । यसपटक महिना दिनसम्म लिग चल्दैछ । पहिलो पटक डबल लिग हुँदैछ । सहभागी ७ टोलीले दुई पटक एक अर्कासँग खेल्नेछन् । टोलीमा रहेका सबै खेलाडीले खेल्ने मौका पाउने सम्भावना रहन्छ ।’

महिला फुटबलले महत्त्व पाउन थालेकामा सावित्रा दंग छिन् । ‘लामो समयपछि फुटबल फर्कंदाको खुसी कसलाई नहोला । अहिले विगतको भन्दा लामो र व्यवस्थित रुपमा फुटबल सुरु भएको छ’, उनले थपिन्, ‘यसले हामीसँगै नयाँ पुस्तामा उर्जा थपेको महसुस गरेको छु । जुनियर खेलाडीलाई भोलीका दिनमा राष्ट्रिय टोलीमा पुग्ने ढोका यस्तै प्रतियोगिताले गर्दा खुल्न सक्छ ।’

अघिल्ला वर्षहरुमा महिला लिगमा विभागीय टोलीहरुको दबदबा रहने गरेको थियो । यसपटक त्यो भन्दा परिस्थिति फरक रहेको सावित्राको अनुमान छ । ‘अहिले नगरपालिका टोलीहरु पनि बलिया भएर आएको महसुस गरें । पहिला जिल्ला वा नगरपालिकाका टोलीलाई यत्ती गोल गरिन्छ होला भन्ने अन्दाज गर्न सकिन्थ्यो । अहिले त्यस्तो छैन । सबै टोलीले कडा चुनौती दिने देख्दैछु ।’

महिला फुटबलमा प्रगती गर्न सकिने विश्वासमै एन्फाले पनि महिला फुटबललाई प्राथमिकतामा राखेको देखिन्छ । मैदानको अभाव भएपनि डबल लेगमा महिला लिग खेलाउने प्रयास, पुरुष सरह नै महिला राष्ट्रिय टोलीका खेलाडीलाई मासिक तलबको व्यवस्थापन त्यसैको सुरुवातका रुपमा लिन सकिन्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.