एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टोली एइवरका मार्काे डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औं मिनेटमा एइवरले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।
यान्निक कारास्कोले पेनाल्टी बक्समा योसीनोरी मुटोलाई फल गरेपछि प्राप्त पेनाल्टीमा एइवरका गोलरक्षक डिमिट्रोभिकले पेनाल्टीमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । मार्काेस लोरेन्टेको पासमा अल्भारेजले क्लियर गर्न नसकेको बललाई बार्सिलोनाका पुर्व फरवार्ड सुआरेजले उत्कृष्ट फिनिस गरेका थिए ।
८९औं मिनेटमा सुआरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अक दिलाए । आफैमाथि एर्बिलाले फल गरेपछि प्राप्त पेनाल्टीमा सुआरेज गोल गर्दै यो सिजन ला लिगामा १४ खेलमा ११ गोल पुर्याए ।
यस जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ । एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक पुगेको छ । दोस्रा स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ । पराजित एइवर १९ अंकसहित १५औं स्थानमा छ ।