default_image

3 years ago

January 22, 2021

मेस्सीविनै बार्सिलोना विजयी

एजेन्सी – प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा […]

42 views

0 Bookmark

एजेन्सी – प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ ।

बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा पेड्रीको असिस्ट दिएका दिएका थिए ।

कोर्नेलाविरुद्ध बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका अधिकांश खेलाडीलाई विश्राम दिदा गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

कोर्नेलाको मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न अतिरिक्त समय नै कुर्नुपरेको थियो । ३९औं मिनेटमा मिरालेम प्यानिचले पेनाल्टी चुकाएको थियो ।

अल्वर्ट इस्टिललेसले पेनाल्टी बक्समा रोनाल्ड एराउजोमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा मेस्सी अनुपस्थित रहँदा प्यानिचको पेनाल्टी प्रहार कोर्नेलाका गोलरक्षक रमोन जुआनले बचाएका थिए ।

८०औं मिनेटमा गोलरक्षक रमोन जुआनले अर्काे पेनाल्टी बचाउदै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए । मोरेनोले क्लेमेन्ट लेङ्लेटमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा यसपटक औसमाने डेम्वेलेको प्रहार गरेका थिए ।

९२औं मिनेटमा पेड्रीको पासमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए । ११८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । रोनाल्ड एराउजोमाथि फल गरेपछि अल्वर्ट इस्टिललेस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

अन्तिम समयमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाउदै प्रि क्वाटरफाइनलमा पुर्‍याए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.