default_image

3 years ago

January 22, 2021

महिला लिग– पुलिसको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा चौदन्डिगढी नगरपालिकालाई ६–० ले हराउँदै पुलिसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेलेको थियो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले समान २ गोल गर्दा अमृता […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा चौदन्डिगढी नगरपालिकालाई ६–० ले हराउँदै पुलिसले दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेलेको थियो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले समान २ गोल गर्दा अमृता जैसी निर्मला विकेले समान १–१ गोल गरिन् ।

अर्को विभागिय टोली नेपाल एपिएफ क्लबबाट पुलिस पुगेकी रेखाले २८ औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । निरु थापाकोपासमा पेनाल्टी बक्स भित्रबाट रेखाले सहजै गोल गरेकी थिइन् । अमृताले ४० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारिन् । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर देविका श्रेष्ठको हालमा लाग्दै गोल भएको थियो ।

४५औं मिनेटमा सिर्जना खड्काको प्रहार गोलरक्षक देविकाले नियन्त्रणमा लिने प्रयास गर्दा पोस्टमा लाग्दै फर्केको बल उनलाई छुदै गोल हुन पुगेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा निर्मलाले एकल प्रयासमा गोल गर्दै पुलिसलाई अग्रतालाई ४–० बनाइन् ।

८९औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरिन् । उनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् । इन्ज्युरी समयको दोेस्रो मिनेटमा सृजनाले पुजा रानाको पासमा गोल थपेकी थिइन् ।

पुलिसले थप गोलको अवसर चुकाएको थियो । आठौं मिनेटमा रेखा गोल गर्न चुकिन् । ५५औं मिनेटमा रेविका पाण्डेको क्रस पासमा रेखाको प्रहार फितलो बन्यो । ६१औं मिनेटमा अमृताको हेडरलाई गोलरक्षक देविकाले डाइभ दिदै बचाईन्। ७७औं मिनेटमा पुजाको फ्रिकिकलाई सब्सिच्युट गोलरक्षक सुस्मिता राईले पञ्च गर्दै बचाउदा डिफेन्डरले क्लियर गरिन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.