काठमाडौं (हाम्रो खेलकुद)– पञ्चायन फुटबल क्लब सुनसरी शुक्रबार सुरु भएको इनरुवा नकआउट नाइन ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । इनरुवा २ मा शुक्रबार भएको जन सहयोग युवा क्लब मोरङलाई १–० ले हराउँदै पञ्चायन अन्तिम आठमा पुगेका हुन् ।

अन्जन लिम्बु गरेको गोल नै खेलको निर्णायक बनेको थियो । अन्जनले ६१ औं मिनेटमा गोल गरेका थिए । म्यान अफ दि म्याच बनेका अन्जनले एक हजार रुपैयाँ प्राप्त गरेका छन् । इनरुवा फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले प्रतियोगिताको उद्घाटन खेलेका थिए । तियोगिताको विजेताले उपाधिसहित ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको समूह ‘ए’मा पञ्चायन, जनसेवासहित दुहबी स्पोर्टस् क्लब , मेशा युवा क्लब, डिसिटी तरहरा र विरानगर स्पोर्टस् एकेडेमी रहेका छन् ।

त्यस्तै समूह ‘बी’मा गोल्डेन स्टार क्लब, रामधुनी क्लब, इनरुवा फुटबल क्लब, इटहरी युथ क्लब, कल्चर ग्रिन क्लब र शान्तिनगर फुटबल क्लब रहेका छन् । डिसिटी, विराटनगर, कल्चर र शान्तिनगर वाई पाएर सोझै क्वार्टरफाइनलमा पुगेका छन् । प्रतियोगितामा शनिबार गोल्डेन स्टार र रामधुनीबीच प्रतिस्पर्धा हुनेछ ।
