default_image

3 years ago

January 22, 2021

मेस्सीलाई अझै एक खेल प्रतिबन्ध

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले इल्चेविरुद्ध हुने खेल खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्डको सामना गरेका मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो । एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए । बार्सिलोनाले प्रतिबन्धका विषयमा पुर्नविचार गर्न स्पेनिस फुटबल संघको प्रतियोगिता समितिमा […]

47 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले इल्चेविरुद्ध हुने खेल खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्डको सामना गरेका मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो ।

एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए । बार्सिलोनाले प्रतिबन्धका विषयमा पुर्नविचार गर्न स्पेनिस फुटबल संघको प्रतियोगिता समितिमा अपिल गरेको थियो ।

तर, समितिले क्लबको अपिललाई खारेज गर्दै दुई खेलको प्रतिबन्धलाई यथावत राखेको छ । र्कोनेलाविरुद्ध बिहीबार भएको कोपा डेल रेको खेलमा पनि मेस्सीले खेल्न पाएनन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले उक्त खेलमा दोस्रो रोजाईका खेलाडीलाई मौका दिएका थिए । प्रतिनबन्धको दोस्रा खेलका रुपमा मेस्सीले इल्चेविरुद्ध आइतबार हुने खेल गुमाउनेछन् । अब मेस्सीले बार्सिलोनाले अर्को साताको मध्यतिर हुने कोपा डेल रेको खेल खेल्ने अपेक्षा गरिएको छ । उनीहरुको प्रतिद्वन्द्वि टोलीका बारेमा शुक्रबार जानकारी हुने बताइएको छ ।

३४ अंकका साथ बार्सिलोना ला लिगाको तेस्रो स्थानमा छ । समान १८ खेल खेलेको रियल म्याड्रिड ३७ अंकका साथ दोस्रो स्थानमा र १ खेल कम खेलेको एट्लेटिको म्याड्रिड ४४ अंकका साथ शीर्षस्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.