काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको तयारीका लागि केहि दिनका राष्ट्रिय पुरुष फुटबल टोली पोखरा पुगेको भोली पल्ट कै अर्को होटलमा सरेको छ । फुटबल टोली बिहीबार पोखरा पुगेर लेकसाइडको कुटी होटलमा बसेको थियो ।

शुक्रबार टोली कुटीबाट झन्डै ३ किलोमिटर टाढा पर्दीस्थित पोखरा ग्रान्डी होटलमा सरेको छ । खेलाडीहरुका लागि होटलमै स्ट्रेचिङ, इन्डोर सेसनलगायतका लागि आवश्यकता पूरा गर्ने नदेखिएपछि अर्को होटल सर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

एन्फा सचिवालले नै होटल तय गरेको बताइएको छ । प्रशिक्षण टोलीको इन्डोर प्रशिक्षणका लागि आवश्यकता अनुसार कुटीमा नमिल्ने देखेपछि सचिवालयकै पहलमा अर्को होटल सरिएको जनाएको छ ।
टोलीलाई राख्नका लागि एन्फाले आवश्यक मापदण्ड तोकी प्रस्तावना पेश गर्न पुस २६ गते सुचना जारी गरेको थियो । ३५ सदस्यीय खेलाडीसहित ४४ जनाको टोली पोखरा पुगेको छ । खेलाडीले दिउँसो ३ देखि ५ बजे सम्म पोखरा रंगशालामा अभ्यास गरेको उपाध्यायले बताए ।

चैतमा दशरथ रंगशालमा हुने विश्व कप छनोटका लागि राष्ट्रिय टोली तयारीमा छ। विश्व कप छनोटमा नेपालले घरेलु मैदानमा अष्टे«लिया, चाइनिज ताइपे र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । टोली माघ २२ गते काठमाडौं फर्कने उपाध्यायले जानकारी दिए ।
